मोडल तथा अभिनेत्री गरिमा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। आइतबार राति सामाजिक सञ्जालमा प्रेमीसँगका दुई तस्बिर सार्वजनिक गर्दै उनले वर्षौदेखिको प्रेम सार्वजनिक गरेकी हुन्।
उनी लेख्छिन्, 'त्यतिबेला हामी केवल बाल्यकालमै थियौं। अहिले भने संगै केही वास्तविक र अर्थपूर्ण सम्बन्ध निर्माण गरिरहेका छौं।'
उनले ह्याचट्याग 'हाइस्कुल लभ' लेखेकी छन् भने प्रेमीलाई मेन्सन गरेकी छैनन्। प्रेमीको नाम पनि खुलाएकी छैनिन्।
गरिमाले गत साता सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो 'रिलेसनसिप स्टाटस' खुलाएकी थिइन्। त्यतिबेला उनले सार्वजनिक गरेको तस्बिरमा युवकले हातमा 'गरिमा' नामको ट्याटु खोपेको देखिन्थ्यो। गरिमाले क्याप्सन लेखेकी थिइन्, 'उसले प्रस्ताव राख्यो र मैले हुन्छ भनेँ। प्रमिस रिङ।' तस्बिरमा दुवैको अनुहार देखिँदैनथ्यो। त्यसको एक सातापछि गरिमाले प्रेमी सार्वजनिक गरेकी हुन्।
गरिमाको पोस्टमा उनलाई प्रशंसकहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।
म्युजिक भिडिओकी चर्चित मोडल गरिमाले 'लण्डन टु पेरिस' बाट फिल्ममा डेब्यु गरेकी थिइन्। 'ह्रस्व दीर्घ', 'जन्ते बाख्रो' लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन्।