प्राध्यापक कैलाश घिमिरेको रचना रहेको 'तिम्रै मुटुमा' बोलको गीत सार्वजनिक भएको छ।
यो प्रेमिल गीतमा बबिना भट्टराईको संगीत र स्वर छ।
अमेरिकामा रहेका नेपाली मूलका प्राध्यापक कैलाश घिमिरेका यसअघि आमा, पुतली र पसिनाले अरब सिच्दा लगायतका गीत सार्वजनिक भइसकेका छन्। गणितका प्राध्यापक घिमिरे साहित्यमा समेत कलम चलाउँछन्।
'तिम्रै मुटुमा' गीतको भिडिओमा बबिना भट्टराई स्वयं फिचर्ड छिन्। उनकै युट्युब च्यानलमा भिडिओ सार्वजनिक छ।