बसन्त थापा र देवी घर्तीको स्वर रहेको 'मयाली' गीतले स्रोता/दर्शकको निकै माया पायो।
४ महिनाअघि युट्युबमा सार्वजनिक गीतलाई अहिलेसम्म १ करोड ३८ लाखभन्दा बढीपटक हेरिएको छ।
यो गीत हिट भएसँगै बसन्त थापाले नयाँ गीत 'सुखी माया' सार्वजनिक गरेका छन्।
शुक्रबार बिहान सार्वजनिक यो गीतमा पनि बसन्तले देवीसँगको सहकार्यलाई निरन्तरता दिएका छन्। यी दुईसँगै गीतमा राजन गुरूङ र जुना श्रीसको स्वर छ।
यसको भिडिओमा पनि 'मयाली' कै जोडी बसन्त र लक्ष्मी थापा मगरको अभिनय छ। 'सुखी माया' गीतमा शब्द तथा संगीत बसन्त थापाकै हो। एचबिएन किस्मतले एरेन्ज गरेका छन्।
एकिन्द्र साराशंकरको निर्देशनमा यसको भिडिओ बनेको छ। करन चैसिरको छायांकन रहेको भिडिओमा अमृत चापागाईँंको सम्पादन छ।
'बसन्त थापा' अफिसियल युट्युबमा भिडिओ हेर्न सकिन्छ।