चर्चित गीत 'चाइनेजो जिन्दगानीमा' की गायिका सलिना बिकको स्वरमा 'प्रतीक्षामै' बोलको गीत सार्वजनिक भएको छ।
महिलाहरुको भावनात्मक संवेदनशीलतालाई यसको म्युजिक भिडिओमार्फत प्रस्तुत गरिएको छ।
स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द रहेको यो गीतमा राजेश कुमार श्रेष्ठको संगीत छ। भिडिओमा मोडलद्वय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय छ।
सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी यसको भिडिओमा देख्न सकिन्छ।
गर्भ तुहिनु महिलाको आफ्नो दोष नभइ उमेर, थाइराइड, पिसिओएस र वंशाणुगतजस्ता कारणहरूले असर पार्नसक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सन्देश भिडिओमार्फत दिन खोजिएको छ।
देव दोर्जे लामाको छायांकन रहेको भिडिओमा अनन्त घिमिरेको सम्पादन छ।
'जिरो आवर्स डिजिटल' नामक युट्युबमा भिडिओ सार्वजनिक छ।