चर्चित गायक सुशान्त केसीले अस्ट्रेलिया टुर २०२६ को घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो ब्यान्डसहित अस्ट्रेलियाका विभिन्न सहरमा लाइभ कन्सर्ट गर्ने जानकारी दिएका हुन्।
उनको अस्ट्रेलिया टुर फेब्रुअरीदेखि मार्चको पहिलो सातासम्म चल्नेछ।
२१ फेब्रुअरीमा पर्थदेखि सुरू हुने टुर २४ फेब्रुअरीमा ब्रिसबेन, २६ फेब्रुअरीमा एडिलेड, २ मार्चमा मेलबर्न र ६ मार्चमा सिड्नी पुगेर टुंगिनेछ।
'एसकेसी लाइभ इन अस्ट्रेलिया' शीर्षकमा हुने टुरका लागि मिति नोट गर्न सुशान्तले स्रोता तथा दर्शकहरूलाई आग्रह गरेका छन्।