गायिका अन्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन्।
उनको स्वर रहेको 'धन्यवाद शत्रु' बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो।
यो गीतको शब्द अन्जु स्वयंले लेखेकी हुन्। संगीत र एरेन्ज बी.बी. अनुरागीको छ। भिडिओमा अन्जु स्वयं प्रस्तुत छिन्।
यो गीतका शब्दहरूले आफूलाई कमजोर बनाउन खोज्ने व्यक्ति वा परिस्थितिले नै अन्ततः आफूलाई अझ बलियो र सफल बनाएको अनुभूति व्यक्त गर्छन्। गीतमा शत्रु र आलोचकप्रति गुनासो भन्दा पनि धन्यवादको भाव व्यक्त गरिएको छ।
आफ्ना विरोधीका कारण आफूले संघर्ष गर्न, अघि बढ्न र राम्रो बन्न प्रेरणा पाएको भाव गीतमा सुन्न सकिन्छ।
अन्जु पन्त अफिसियल युट्युबमा 'धन्यवाद शत्रु' गीत सुन्न र हेर्न सकिन्छ।