गायक बद्री पंगेनी र गायिका ज्योति मगरको स्वर रहेको गीत 'झ्याप्पै' लाई छोटो समयमै युट्युबमा २ करोडभन्दा बढीपटक हेरिएको छ। रिलिजको तीन महिना पूरा नहुँदै गीतले युट्युबमा यो सफलता पाएको हो।
नारायण ज्ञवालीको शब्द तथा स्वयं बद्री पंगेनीकै संगीत रहेको ‘झ्याप्पै’ एउटा रमाइलो लोकदोहोरी गीत हो। गीतले फरक समुदायबीचको प्रेमलाई देखाउँदै जातभेदभन्दा माथि उठेर माया गर्नुपर्छ भन्ने सन्देश दिन्छ।
भिडिओमा आरूषि मगर र सुरेश कोहलीको अभिनय तथा नृत्य छ। गाउँघरको परिवेशमा तयार गीतले नेपाली संस्कृति र स्थानीय जीवनशैली झल्काउँछ।
भिडिओमा बद्री पंगेनीकै कथा तथा निर्देशन छ। नृत्य निर्देशन एबी वाग्लेको रहेको छ भने छायांकन दुर्गा पौडेल र सम्पादन मनोज कार्कीले गरेका हुन्।
'झ्याप्पै' गीत सार्वजनिक भएसँगै टिकटक, रिल्स लगायतका प्लेटफर्ममा समेत चर्चामा थियो।
भिडिओः