गायक अमित सुनारले 'बनमा फूल' बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन्।
शुक्रबार सार्वजनिक गीतमा गायक विक्रम परियार र गायिका शान्तिश्री परियारको स्वर छ। संगीत असिमचन्द्र विश्वकर्माको संगीत, सुनिल परियारको संगीत संयोजन रहेको गीतका शब्द विक्रमबाबु विश्वकर्माले लेखेका हुन्।
भिडिओमा सुवर्ण दुलाल र जुना विश्वकर्माको अभिनय छ। यो गीत प्रेम र प्रकृतिलाई जोडेर बनाइएको छ। यसको भिडिओमा गाउँघरको प्रेमकथा देख्न सकिन्छ।
एकिन्द्र शारा शंकरको निर्देशनमा भिडिओ बनेको हो भने नवराज उप्रेतीको छायांकन, असिम चन्द्र विश्वकर्माको सम्पादन छ।
अमित सुनारको अफिसियल युट्युबमा गीत सार्वजनिक छ।