लोकप्रिय गायक कुमः सागरले नयाँ वर्षको अवसर पारेर नयाँ गीत 'मनकी रानी' सार्वजनिक गरेका छन्।
गीत कुमः सागरको अफिसियल युट्युबबाट सार्वजनिक भएको हो।
कुमः सागर आफ्नो मौलिक शैली, लोक स्वाद र आधुनिक संगीत संयोजनका कारण चर्चित छन्। 'मनकी रानी' मा पनि उनको पहिचान झल्किने मौलिक स्वर र भावनात्मक प्रस्तुति सुन्न सकिन्छ।
भिडिओ थ्रीडी एनिमेसन प्रविधिमा तयार पारिएको देखिन्छ।