आशिष अविरलले नयाँ गीत 'केटी फस्यो' सार्वजनिक गरेका छन्। यो गीतमा आशिषसँगै अस्मिता अधिकारीको समेत स्वर समावेश छ।
गीतका शब्द एकनारायण भण्डारीले लेखेका हुन्। संगीत आशिष अविरलकै छ।
भिडिओमा धिरन शाक्य, अनुसुया वन्त श्रेष्ठ, सरोज अधिकारी, आश्मा विश्वकर्मा, जुना सुन्दासलगायतको नृत्य तथा अभिनय हेर्न सकिन्छ।
गीत र भिडिओ मनोरञ्जनात्मक शैलीमा तयार पारिएको छ। भिडिओको कोरियोग्राफर रोशन विश्वकर्मा हुन् भने शान थापाको निर्देशनमा तयार भएको हो।
प्रेम, आकर्षण र हास्य-व्यंगात्मक भावलाई केन्द्रमा राखेर तयार गरिएको गीत युवापुस्तालाई लक्षित गरिएको देखिन्छ।
भिडिओमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।
भिडिओ आशिष अविरलको अफिसियल युट्युबमा हेर्न सकिन्छ।
भिडिओः