राजन अधिकारी र सम्झना भण्डारीको स्वरमा 'रैछु माया लाएको रूनलाई' बोलको गीत सार्वजनिक भएको छ।
प्रेम, पीडा, सम्झना र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतलाई बुधबार बेलुका दर्शक तथा श्रोतामाझ ल्याइएको हो।
गीतको शब्द बाबुराम भट्टराईको हो भने संगीत राजन स्वयंले भरेका छन्। गीतले प्रेम र पीडाको कथा बोल्छ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कृष्ण लामिछानेले गरेका हुन् भने राग स्टुडिओमा रेकर्डिङ भएको हो। गीत सार्वजनिकसँगै गायक तथा संगीतकार राजन अधिकारीले यो प्रेम विरहको गीत भएको बताए।
'यो प्रेम र भावनाको गहिराइलाई समेट्ने गीत हो। माया गर्दा मानिसले भोग्ने खुसी, पीडा, प्रतीक्षा र सम्झनाका अनुभूतिलाई गीतमार्फत व्यक्त गर्ने प्रयास गरेका छौं,' उनले भने, 'स्रोता दर्शकले रूचाउनुहुन्छ भन्ने अपेक्षा छ।'
गायिका सम्झना भण्डारीले गीतको भावनात्मक पक्षले स्रोता दर्शकलाई छुने विश्वास रहेको बताइन्। 'गीतले विशेषगरी प्रेम र विछोडका अनुभूतिसँग जोडिएका श्रोताको मन छुने विश्वास छ,' उनले भनिन्।
भिडिओ जेरी भण्डारीको निर्देशनमा तयार गरिएको हो। भिडिओमा जुना विश्वकर्मा र गायक राजन स्वयंले अभिनय गरेका छन्।
छायांकन विवेक बि.के.ले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ मिलन बिश्वकर्माले गरेका छन्।
'रैछु माया लाएको रूनलाई राजन अधिकारी अफिसियल युट्युबमा सार्वजनिक छ।
भिडिओः