गायिका सुनिता दुलालले आफ्नो चर्चित तीज गीत 'अब त मैले नी झुम्का लगाउँछु' नयाँ प्रस्तुतिसहित पुनः सार्वजनिक गरेकी छन्। वर्षौंपछि पुनः निर्माण गरेर यो गीत शनिबार दर्शकमाझ ल्याइएको हो।
सुनिता दुलाल र खुमन अधिकारीको स्वर रहेको गीत एक समय निकै रूचाइएको थियो।
यसको शब्द नेत्र अर्यालले लेखेका हुन्। संगीत खुमन अधिकारीको हो भने एरेन्ज श्यामश्वेत रसाईलीले गरेका हुन्।
सार्वजनिक नयाँ गीतमा प्रकाश सपूत र वर्षा राउतको अभिनय तथा नृत्य देख्न सकिन्छ।
गीतमा श्रीमतीले झुम्का र गहनाको रहर गर्दै श्रीमानसँग नोकझोक गरेको देख्न सकिन्छ। जसमा दुवै दम्पती मिलेर तीजको खुसी र माइत जाने तयारीलाई गीतले प्रस्तुत गर्छ।
भिडिओको सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईँ हुन् भने सुरेन्द्र बसेलको कोरियोग्राफी छ। गम्भीर विष्टको निर्देशनमा बनेको भिडिओ प्रविण भट्टले सम्पादन गरेका हुन्।
भिडिओ सुनिता दुलाल अफिसियल युट्युबमा हेर्न सकिन्छ।