मेलिना राई र बिधान कालिकोटेको स्वरमा दसैँ गीत 'मै परे चटक्कै' सार्वजनिक भएको छ।
'बिधान कालिकोटे अफिसियल' युट्युब च्यानलबाट आइतबार गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको हो।
बिदुरराज गिरीको शब्द रहेको गीतमा धनबहादुर गिरी (बाबुल)ले संगीत भरेका हुन्। गीतमा एरेन्ज पनि उनैको छ।
गीतको म्युजिक भिडिओमा सरोज प्रजा, बिना राउत, रोशन तामाङ, रामहरि खड्का लगायतको अभिनय छ।
भिडिओलाई संगीत सागर बुर्जाले निर्देशन गरेका हुन् भने पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ।