गायक समीर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 'बास्मती गैरीको धान' शीर्षकको उक्त गीतको स्टुडिओ भर्सन सार्वजनिक गरिएको हो।
टिमले यस गीतलाई नेपाली टप्पाका रूपमा प्रस्तुत गरेको छ।
अस्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडिओमा तयार गरिएको गीतमा टिपिकल नेपालीपन र मौलिक भाषाशैलीलाई प्राथमिकता दिइएको छ। नेपाली मौलिकता झल्काउने शब्द तथा संगीतमार्फत गीतलाई फरक स्वाद दिने प्रयास गरिएको टिमले जनाएको छ।
गीतका शब्द, संगीत, कम्पोजिसन तथा एरेन्जमेन्ट समीर आचार्यकै रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ रेशम गडालले गरेका छन्।
गीतको भिडिओ राजीव भुसालको निर्देशनमा तयार गरिएको हो।
नेपमेलो युट्युबमा गीत सार्वजनिक छ।