लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फ उनले २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
निर्वाचित भएपछि रीताले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत रहेकी रीता दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय छिन्।
उनका थुप्रै गीत चर्चामा छन्। तीमध्ये दुई वर्षअघि सार्वजनिक 'ए आमा जाम भन्यो मलाई' बोलको गीत युट्युबमा झन्डै चार करोडपटक हेरिएको छ।