Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

कैँचीको धार

Nmb
Nmb
ऋषिका निधि भट्टराई

ऋषिका निधि भट्टराई

gibl
gibl
gibl
gibl
ऋषिका निधि भट्टराई।
ऋषिका निधि भट्टराई।
Tata box 1
Tata box 1

भनिन्छ, मान्छेले आफ्नो बाल्यकालका यादहरु जिवन पर्यन्त नै आफूसँग संघालेर राखेको हुन्छ। म चार वर्षको हुँदा परिवारसँग जापान गएकी थिएँ र १० वर्षको हुँदा नेपाल आएकी हुँ।

मेरो बाल्यकालको ६ वर्षभन्दा बढी समय जापानमा बितेको हुनाले जापान मेरो लागि एकदम नै प्यारो छ। मलाई जापानको धेरै कुराहारु याद आउछन् तर ती मध्ये पनि मैले पढेको जापानी स्कुल, गुरुमा र साथीहरुका यादहरु अलिक बेसी नै आउँछ।

मैले पढेको जापानी स्कुललाई स्मरण गर्नु पर्यो भने मलाई कवि शिरोमणिको 'फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?' भन्ने पंक्ति याद आउँछ। जापानी स्कुलमा हामीलाई अक्षर सिकाउनुभन्दा पहिला स्वावलम्बी हुन सिकाइन्थ्यो।

उदाहरणको लागि, आफ्नो लुगा आफै लगाउन, आफै चपस्टिक समातेर खाना खान, उपयुक्त अभिवादन गर्न र आफू र आफ्नु वातावरणलाई सफा एवं व्यवस्थित राख्न सिकाईन्थ्यो। त्यसपछि संवेदनशील हुन सिकाइन्थ्यो।

हाम्रो गुरुमाले सधै भन्ने गर्नु हुन्थ्यो, 'जुन कुरा अरुले आफूलाई गर्दा नराम्रो लाग्छ, त्यो अरुलाई कहिले पनि गर्नु हुन्न। सकेसम्म आफ्नो वचन र कर्मले आरुलाई ठेस् नपुगोस् भनेर होस् गर्नु पर्छ तर कथम् कथाचित आफ्नो कारणले अर्को मान्छेलाई ठेस् पुग्यो भने लाज नमानिकन विनम्र भएर शिर झुकाएर माफी माग्नु पर्छ।'

हामीलाई बिनम्र वचन, संवेदनशीलता र दयाको भावना नै जीवन यापन गर्नको लागि चाहिने अपरिहार्य हतियार हो भनेर सिकाइन्थ्यो। त्यसबेला म ५ वर्षकी थिएँ। एक दिन आर्ट्स एंड क्राफ्ट्सको कक्षा भइरहँदा मेरो एकजना सहपाठीले मलाई 'ऋषिका हेरन, मैले मेरो कैँची ल्याउन बिर्सेछु। मलाई तिम्रो कैँची एकछिन प्रयोग गर्न देउन ल?' भनेर सोधिन्।

मैले पनि 'हुन्छ' भनेर दिएँ। हुनलाई त यो एकदम सामान्य क्रियाकलाप थियो तर मेरी गुरुमाले मलाई ध्यान दिएर हेरिरहनु भएको रहेछ। मैले कैची दिएपछि उहाँले मलाई बोलाएर 'ऋषिका तिमीले कैँची दिएको तरिका भएन नि' भन्नु भयो। म त एकछिन अक्क न बक्क भएँ।

त्यसपछि गुरुमाले मुसुक्क मुस्कुराएर 'कुनै पनि धारिलो कुरा जस्तै कि कैँची, छुरी, बिर्को नलागेको कलम अथवा चुच्चो पेन्सिल अरुलाई दिँदा सधैँ धारिलो भाग चै आफुले पक्डेर, समाउने भाग लिने मान्छे तिर फर्काएर दिनु पर्छ। त्यसो गर्दा लिने मान्छेलाई चोट लाग्ने सम्भावना शून्य हुन्छ। अबदेखि होस् गर है?' भनेर भन्नु भयो।

त्यसबेला गुरुमाले सिकाउनु भएको पाठको गहनता ५ वर्षको मानसपटलले कति बुझ्यो होला भनेर म अन्दाज लगाउन सक्दिनँ। तर अहिले आएर म के कुरा भन्न सक्छु भने कैँचीको धारको दिशा प्रति अनभिज्ञ रहनु भनेको चुनौतीपूर्ण अवस्थालाई निम्त्याउनु सरह हो। यसले समाजका विभिन्न आयामहरुलाई प्रभाव पार्ने छ।

Ncell
Ncell

हाम्रो देशमा कैँची सोज्याउने औपचारिक शिक्षा न त स्कुलमा दिइन्छ न त घरमा। यही लकडाउनको बेला मेरो एकजना बहिनीसँग भिडियो च्याट भयो। तिनले निकै चिन्तित भएर मलाई 'दिदी, हेर्नु न मेरो अनुहारभरी नै पिम्पल आयो। सबैले के हो त्यो? के सारो अनुहार बिगारेको?' भन्छन्। मैले कहाँ जानी-जानी मेरो अनुहार बिगारेको हो त? मेरो त मनोबल नै कमजोर भईसक्यो। यो लकडाउन खुलेपछि म कसरी बाहिर निस्किने होला?' भनेर भनिन्।

मैले तिनलाई खासै केही भन्न सकिनँ तर बुद्धिले भ्याएसम्म थामथाम थुमथुम पारेँ। तिनको कुरा मैले अनुभूति गर्न सक्छु किनभने मेरो पनि किशोर अवस्थामा अनुहारभरी नै पिम्पल आएको थियो र वरिपरिको मान्छेले ''के हो त्यो?' 'के सारो अनुहार बिगारेको?' नै भनेका थिए। मलाई पनि घर बाहिर जान गाह्रो लाग्थ्यो।

मलाई बहिनीको कुराले निकै नै सोच मग्न बनायो। यी बाहिनी बाहेक अरुलाई कस्तो कुराले पिरोलेको छ होला र हाम्रो समाजमा असंवेदनशीलताले कस्तो रुपमा निरन्तरता पाइरहेको छ होला भनेर बुझ्न मन लाग्यो। त्यसैले मैले मेरो केही घनिष्ठ साथीभाइहरुलाई सम्पर्क गरेर 'तिमीलाई अर्को मान्छेले के भन्यो भने साह्रै असंवेदनशील लाग्छ?' भनेर सोधेँ। उनीहरुले दिएको उत्तर तल प्रस्तुत गरेकी छु।

साथी १: मलाई मेरो वजनको बारेमा टिप्पणी दिएको मन पर्दैन। हो, म मोटी छु तर जति बेला पनि मेरो वजनलाई मेरो अस्तित्व बनाएको मन पर्दैन।

साथी २: मलाई उमेर सोधेकोमा खासै नराम्रो लाग्दैन। तर उमेर थाहा पाएपछि 'तिमी त उमेरभन्दा बुढी देखिदो रैछौ' भनेको मन पर्दैन।

साथी ३: मेरो एकजना ठूलोममी हुनुहुन्छ। जब-जब म उहाँको घर जान्छु, उहाँ मेरो नजिक आएर मेरो अनुहार नियाल्नु हुन्छ अनि 'तिम्रो त कति धेरै चाउरी आएछ' भन्नु हुन्छ। मलाई एकदम नरमाइलो लाग्छ।

साथी ४: मेरो विवाह भएको छैन अनि यही कुरालाई लिएर अरु मान्छेहरुले मेरो आमा-बुवालाई 'अझै विवाहको टुंगो लागेन? अब त ढिलो हुन्छ त' भनेर अत्याएको मन पर्दैन।

साथी ५: मलाई आफ्नो व्यक्तिगत त्यस्तो अनुभव त झट्ट याद आएन। तर पत्रकारहरुले भर्खर विवाह भएको नायिकाले पैसाको लागि विवाह गरिन् कि प्रेमको लागि विवाह गरिन् भन्ने विषयमा लेखिएको आक्रमणयुक्त लेख साह्रै असंवेदनशील लाग्यो।

संवेदनशीलता अत्यन्तै गम्भीर अवधारणा हो। संवेदनशील हुनको लागि कुनै संक्षिप्त तरिका हुँदैन। किनभने संवेदनशीलता कठोर परिश्रम र दृढ अभ्यासबाट मात्र प्राप्त हुन्छ। हाम्रो समाजमा विराजमान असंवेदनशीलताको मुल जड भनेको अज्ञानता हो। हामीलाई औपचारिक या अनौपचारिक माध्यमबाट संवेदनशीलताको विषयमा ज्ञान दिइएको छैन।

कसरी नसोचिकन उच्चारण गरेको शब्दले एउटा मान्छेको मनोबललाई प्रभाव पार्छ भनेर सिकाइएको छैन। हामीलाई 'जुन कुरा अरुले आफूलाई गर्दा नराम्रो लाग्छ, त्यो अरुलाई कहिले पनि गर्नु हुन्न’ भनेर सिकाइएको छैन। हामीलाई विनम्र वचन, संवेदनशीलता र दयाको भावना नै जीवनयापन गर्नको लागि चाहिने अपरिहार्य हतियार हो भनेर सिकाइएको छैन। अरुलाई कैँची दिँदा धार आफूले पकड्नु पर्छ भनेर सिकाइएको छैन।

मानव जाति सधैँ खुसीको खोजीमा तत्पर रहन्छ। तर अहिले संसार नै अनिश्चितता तर्फ़ लम्किरहेको बेला खुसी खोज्न त परै जाओस्, भविष्य प्रति आशावादी हुन पनि सजिलो भैरहेको छैन। मेरो हजुरबुवाले भन्ने गर्नु हुन्थ्यो 'दिनुमा भन्दा ठूलो सुख केहीमा पनि हुँदैन।'

कोरोनाले ग्रसित पारेको यो संकटको घडीमा एउटा मानिसले अर्को मानिसलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार भनेको मन, वचन र कर्मले समर्पित संवेदना हो। व्यक्तिगत आलोचनामा अल्मलिनुभन्दा बरु आफू र आफ्नो परिवारको कैँचीको धार कता तिर छ भनेर अवलोकन गरेमा त्यो आफैमा कोरोनाले निम्त्याएको समस्याहरुलाई पराजय गर्ने औजार हुनेछ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १३:०६
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना!
प्रियसँग जामाचो यात्रा!
विश्वप्रकाश पोखरेल।
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
ए टौदह!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP