Ncell
Samsung banner
Samsung banner
Setopati घुमफिर
Subscribe Setopati
सोमबार, माघ १९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
  • घुमफिर समाचार
  • घुमफिर अनुभव
  • घुमफिर गतिविधि

वाह! पाँचपोखरी

Nmb
Nmb
श्रृजना बस्नेत

श्रृजना बस्नेत

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

आठ गते अनि आठ जनाले पाँचपोखरीको लागि तय गरेको यात्रा साच्चै रोमान्चित् रह्यो। 

भन्नेहरुले आठ बारको साइत राम्रो हुँदैन भनेर नभनेका होइनन्। यात्रा तय गर्ने आँठ जना सदस्यहरुको आ–आफ्नै कामकाज मिलाएर निकालेको समय आठ गते नै जुरेको थियो अनि संयोगले हामी यात्रा गर्ने यात्रीहरु पनि आँठ जना नै भयौँ।

अर्का कुरा पाँचपोखरीमा १० गते जनै पुर्णिमाको दिन मेला लाग्ने हुदाँ आँठ गते नहिँडे पुग्न सम्भव थिएन।

 मन्थली-देखि गर्जाङसम्म

हाम्रो समूहमा चार जना महिला र चार जना पुरूष थियौं। आठ गते शुक्रबार परेकाले बिहान अफिस भ्याएर दिउँसोको २ बजे मन्थलीबाट उकालो चड्ने निर्णय गरेका थियौँ।

मन्थलीको मौसम सफा थियो। ‘तर, लेँक तिर पानी परेर बाटो बिगार्न सक्छ छिटै जानू, सहकर्मी साथी रामचन्द्रले सल्लाह दिदै थिए।

अन्य साथीको बिहानको काम भएकाले दिउँसो २ बजेको  लागि  हिमगंगा यातायातको ४५४४ नम्बरको सुमो बुक गरेका थियौँ। सुमोका चालक बासुदेव कार्की निकै रमाइला थिए। खिम्ती खोलाबाट उकालो चडेसँगै हामीलाई पानीले पछ्यायो।

Laxmi bank
Laxmi bank

आकाशबाट झरेको पानीले गर्दा बाटो निक्कै चिप्लो र हिलो थियो। मलाई चिप्लोदेखि डर लाग्दा चालक बासुदेवले ठट्टा गर्दै भनेका थिए, ‘मिस यो रूटको भाले गाडी हो यो डराउनु पर्दैन।’

उनले अरुलाई पछि पार्दै सुमो गुडाइरहे। बासुदेवको थेगोले भने हामीलाई उकालोमा केही राहात दिलाएको थियो। उनी शब्दै पिच्छे ‘होइन त’ भनेर कुरा टुङ्गाउने गर्थे।

Ncell
Ncell

हामी मन्थलीबाट जती जती उकालो चढ्दै गयौं त्यति नै चिसो मौसमले हामीलाई कोट्याउँदै बोलाइरह्यो। अविरल वर्षातले शिवालयसम्म सुमो पुग्न सकेन। ठोसे नजिकैको उर्लिदो खोलाले  हाम्रो यात्रालाई अबरोध गर्न चाहन्थ्यो सायद। तर, हामीले हार मानेका थिएनौं।

खोला सानो होला र गाडी तर्न सक्ला भन्दै हामी सुमोमै मोवाइलमा लुडो खेल्न थाल्यौं। करिब २ घण्टाको पर्खाइपछि उर्लिएको खोलामा पानीको मात्रा केही कम भए पछि बासुदेवले जे होला होला ‘होइन त’ भन्दै सुमो स्टार्ट गरे। मलाई निक्कै डर लागेको थियो। कतै उर्लिएको खोलाले हामीलाई बगाउँला कि जस्तो नराम्रो ख्याल मनमा आएको थियो।

बासुदेवले उर्लिएको खोलामा बेतोडले सुमो दौडाउँदा सुमोको झ्यालबाट पानी भित्र छिरेको थियो। खोला पार गरिसक्दा खोला पारीका अन्य यात्रीले ताली बजाएका थिए।

त्यस पछि झन बासुदेवको रवाफ अघिभन्दा बढेको थियो। खोला तरेर केही बेर सुमो गुडेपछि एक्कासी सुमो रोकियो। बाटोमा पहिरो गएका कारण गाडी अगाडि जान नसक्ने खबरले हामी फेरि चिन्तित भयौं।

बेलुकाको ७ बज्ज लागेको थियो। हामीलाई चिन्ता र भोक दुबैले गाँजेको बेला झरीमा हिड्नुपर्ने कुराले झनै अत्यायो। बासुदेवलाई पनि नरमाइलो लागेको थियो हामीलाई तोकिएको गन्तव्यसम्म पुर्‍याउन नसक्दा।

हामीसँग अरु विकल्प केही थिएन त्यसैले बासुदेवलाई बिदा गरेर शिवालयसम्म हिड्दै जान तयार भयौं। साँझ परेको बेलामा पानीको रूझाइमा छाताले टाउको ओत लगाउँदै हामी चिप्लो बाटो भएर शिवालय पुग्यौं।

भोकले सबैको अनुहार ओइलिएको फूल जस्तो भएको थियो। जिरीबाट गर्जाङ जाने बस आउँदै गरेको खबरले केही राहत महसुस गर्‍यौं।

गर्जाङसम्म गएर बास बस्न पाए बिहान छिट्टै उकालो चड्न पाइने हुँदा हामी बसमा शिवालयदेखि गर्जाङसम्म गयौं।

रात परिसकेको थियो। होटलहरू पाँचपोखरी जाने तीर्थयात्रीले भरिएका थिए। बल्ल बल्ल हामीले एउटा होटल फेला पार्‍यौं।

भोक र चिसोले थकित हामीमध्ये केहीले लोकल रक्सी पियौं भने केहीले चिया पिएर जाँडो भगाउने कोशिश गर्‍यौं।

आठ गतेको यात्रामा अनेकौं समस्या पार गर्दै हामी गर्जाङमा बास बस्यौ।

जर्जाङ-मानेडाँडा

भदौ ९ गते गर्जाङको मौसम मुस्कुराइरहेको थियो। पाँचपोखरी अवलोकन गर्न र मेला भर्न जाने यात्रीहरू निलो प्लाष्टिक र छाता ओढेर उकालो उक्लिरहेका थिए।

हामी पनि बिहान होटलमा चिया र दुनट खाएर यात्रा सुरू गर्‍यौ। झोलामा चाउचाउ, चिउरा, बिस्कुट, चकलेट आदि खानेकुरा राख्यौं।

मन्थलीबाट छाता मात्रै बोकेका हामीले नजिकैको पसलबाट प्लाष्टिक पनि  किन्यौ र झोलामा पानी नछिर्ने गरी बेरेर उकालो चढ्न तयार भयौ।

हामी हिड्ने सुरसार गर्दा गर्दा सहभागीमध्ये सागर, बिक्रम, र सुमित श्रेष्ठ भने कतै ओझेल परेका थिए। उनीहरु” आइपुग्दा हातमा हात्तीछाप चप्पल र लौरो टेक्न मिल्ने खालको ठूलो छाता बोकेर आइपुगे। उनीहरु बिहानै यात्रामा चाहिने सामान खोज्न निस्किएका रहेछन्।

हामी सबै जनामा छुट्टै खालको जोस थियो। बसै जना यात्रामा हाँस्दै र सेल्फी खिच्दै गर्जाङबाट खहरे जाने तेर्सो बाटो लाग्यौ।

गर्जाङबाट करिब एक घण्टा हिँडेपछि खहरे पुगियो। बाटोमा पानी र खाने कुरा केही नपाइने खबरले झोलामा पानीको बोतल छुटाएनौ।

खहरेमा पुगे पछि एकछिन आराम गर्‍यौ र तेर्सो बाटोले हामीलाई बिदाईको हात हल्लायो अनि उभिएर हेर्दा शीरको टोपी खस्ने उकालोले स्वागत गर्दै हात मिलायो।

घ्वाङ खोला पुलको मुखैमा छाप्रोमा थुक्पा खाइरहेको यात्री भेटिए। हामीले पनि थुक्पा र चिया खायौं। हाम्रो यात्राका सहभागीमध्ये सागर निक्कै थकित महसुस गरिरहेका थिए।

थकाइको अवरोधको सामु उत्सुकता र जोसको वजनले हामीलाई उचाल्यो र हामी उकालो बाटोमा पाइला अगाडि बढायौं। हाम्रो यात्रामा सबैभन्दा सक्रिय नोर्बु योन्ञनले सागरको केही सामानसमेत बोकेर सहयोग गरे।

हामी घ्वाङ खोलाबाट उकालो चढ्दा बिहानको ९ बजेको थियो। आकाशबाट झरेको पानीले हामीलाई चिस्याउँदै थियो भने काँधको झोला र उकालो बाटोमा दौडिएका गोडाले भने पसिना निकाली रह्यो।

उकालोमा धेरै यात्री भेटिए। अधिकांश हामीभन्दा धेरै छिटो हिँडिरहेका थिए। कोही कोही हामीभन्दा पछाडि पनि थिए।

उकालोमा सुमित र सागरलाई निक्कै मुस्किल भयो। उनीहरु हामीभन्दा सधै पछाडि भए। चिप्लो र उकालो बाटो छिचोल्न कसैलाई पनि सजिलो थिएन।

हाम्रो यात्रासँगै वर्षिएको पानीले हामीलाई पछ्याइरह्यो। जंगलको बाटो ओत लाग्ने कतै ठाउँ थिएन। हामीले यात्रामा  आवश्यक औषधी बोकेका थियौं। बाटोमा सागर र सुमितले  फ्याक्सन खाए। तर, उकालो उक्लिन उनीहरूलाई निकै मुस्किल भइरहेको थियो।

झरीले चिप्लो बाटोमा जुँकाको टोकाइले थप सताएको थियो। जति जति उकालो चड्दै गयौं त्यति नै चिसो र भोकले सताउँदै गएको थियो।

टुसुक्क बसेर थकाइ मार्न नपाउदै जुगाको आक्रमणमा परिन्थ्यो। झन्डै पाँच घण्टा उकालो हिडेपछि ३१८० मिटर उचाइमा रहेको पानीपाँखामा काठले बारेको छाप्रो फेला पर्‍यो।

हामी त्यहाँ पुग्दा अन्य यात्रीले आगो बालेर मकै पोलिरहेका थिए। हामी पनि त्यही छाप्रोमा ओत लाग्यौ।

हामीसँग भएको चाउचाउ बिस्कुटको पोको खोलेर खान थाल्यौं। पोलेको मकै अन्य यात्रीले हामीलाई पनि चखाए। नोर्बुले लसुन टिम्बुर र नुन खुर्सानी पिनेर बोकेका रहेछन्।

खाजा र पानी खाइसकेर रित्तो बोतलमा शान्ताले पानी भरिन् र फेरि उकालो चढ्यौं। हामीसँगै खाजा खाएका अन्य समूहका सदस्यहरू हामी भन्दा अगाडि दौडिए।

काधमा सबैको झोला थियो। कतिपय महिलाले थाप्लोमा नाम्लो लगाएर डोकोमा सामान बोकेका थिए। सबैले ओढ्ने र ओछ्याउने आफैंले बोकेर हिँडेका थिए।

हामीले पाँचपोखी यात्रा तय गर्ने बेलामा नै रामचन्द्रले त्यता बास नपाइने भएकाले पाल वा टेन्ट आफैंले बोकेर जानुपर्छ भनेका थिए। तर, हामीले स्लिपिङ ब्यागबाहेक ओत लाग्ने पालसमेत बोकेका थिएनौं।

सबैले पालको पोको झोलामाथि बोकेर उकालो चढेको देख्दा मलाई कसरी यो झरीबाट बच्ने होला भनेर एक खालको पिर परेको थियो।

बिहानदेखि हिँड्दा हिँड्दा बोल्नसमेत मन नलाग्ने गरी थाकेका थियौं। हाम्रा पाका सदस्य भोजराज भने अझै जोसिलो नै देखिन्थे। उनी बेला बेलामा समूहमा ठट्ठा गरेर हँसाइरहन्थे।

यात्राकै क्रममा दोलखाका तीनजना यात्री भैटिए। उनीहरु एकै उमेर समूहका थिए। हामीभन्दा अगाडि हिँडेका तीनै जना बिच बाटोमा एक जना मात्र भेटिए। उनले झोला भिरेका थिए। झरीले निथुक्र भिजेका थिए। न उनले छाता ओढेका थिए न त प्लाष्टिक नै। उनी बिरामी परेछन भन्ने लागेर चउरमा पल्टिएका उनलाई पानी लगेर खान दिएँ। तर, खाने मुडमा रहेनछन्।

उनलाई लेँक लागेको होला भनेर नुन खुर्सानी खान दिएको त मलाई नै खाउला झै गरी झम्टिए। भोजराजले हाँस्दै भने-उनलाई लेक होइन बेसी लागेको हो।

उनले जिउ तताउन भनेर अलि बढी नै तीनपाने खाएका रहेछन् किन उनलाई गर्मी भएछ भनेर बल्ल थाहा भयो।

मनिका चिप्लिएर लड्दा उनको छातै भाँचियो। को कति पटक लडियो यसको त हिसाबै राखिएन।

बेलुका ६ बजे हामी मानेडाँडा पुग्यौं। त्यहाँ दुई तीन वटा चौरीका गोठ थिए। वषौंपछि हराएको छोरा भेटिएकी एउटी आमाको अनुहार झैं भयो।

चौँरी गोठमा हामीभन्दा पहिला नै अरू दुई चार जना यात्री पुगिसकेका रहेछन्। चौंरी गोठको होचो ढोकाबाट मैले टाउको भित्र छिराउँदै आज बस्न दिनु पर्‍यो भनेर अनुरोध गरेँ।

चौंरी गोठका धनीले अनकनाउँदै अँटिदैन कि भने। मिलेर बस्छौ रात कटाउन दिनुपर्‍यो भन्दै भोजराजले भनेपछि त्यो रात चौरी गोठमा बित्ने भयो।

निथुक्क भिजेको ज्यान आगोमा तताउँदै अँगेनामा झुम्मियौं। ज्यान तताउन चौँरीको घिउमा तीनपाने झानेर एक-एक गिलास पियौं। केहीले चौंरीको तातो दुधले गला तताए। बेलुका लोकल भालेको झोलसँग भात खान पाइयो।

साँघुरो ठाउँमा बाह्र पन्ध्र जना मुस्किलले अटाएका थियौं। चौंरी गोठकी साहुनी बेला बेलामा खुब झर्किन्थिन्- ‘अँगेनामा कति बसेको दाउरा सकिन्छ, फेरि यस्तो झरीमा कहाँबाट ल्याउनू।’

श्रीमान चाहिँ  पानी धेरै नचलाउनू पानी छैन भन्दै रिसाउँथे-हामी हुन्छ भन्दै टाउको हल्याउथ्यौ।

बेलुकाको खाना पछि जब सुत्ने बेलामा भयो तब अर्को आपत आइलाग्यो। अँगेनाको छेउमा मुस्किलले तीन जना अट्ने ठाउँमा हामी आठ जनाको ओछ्यान तोकियो। जसो तसो हामीले रात कटायौं।

जट्टापोखरी र पाँचपोखरी

रातमा सजिलोसँग सुत्न नपाएको गुनासोभन्दा पनि ओत लाग्न र पेट भर्न पाएकोमा हामी खुसी थियौं।

बिहानै चौंरीको दुध पिएर अगाडि बढ्यौ। हामीले बाटोमा धेरै जना पूजा गरेर फर्किसकेका यात्री भेट्यौं।

उनीहरु हिजै पाँचपोखरीमा बास बसेर फर्किएको कुरा हामीलाई सुनाउँथे। बाटोमा फुलेका रंगी बिरंगी फूलहरूले हामीलाई हाँसेर स्वागत गरे जस्तो महसुश भइरहेको थियो।

धमिलो खोला देखेर दिक्क भएका आँखाले पाचँपोखरीबाट बगेर आएको सेतो दुध जस्तो सफा पानी देख्दा मन नै मोहित भयो।

ठाउँ ठाउँमा बेलुका बास बसेका मान्छेले खाएर फालेका चुरोटका बट्टा र चाउचाउ, बिस्कुटको खोल भेटिए।

हाम्रो टोली बाटोमा फर्किएर आएका यात्रीलाई भेट्न साथ सोधिहाल्थौं- अब कति समय लाग्छ पाँचपोखरी पुग्न?।

धेरै जना जट्टा पोखरीभन्दा माथि जान सकिएन भन्थे। उनीहरूको कुरा सुन्दा हाम्रो मनोबल समेत गिर्ने गर्थ्यो। तर, त्यहाँको प्राकृतिक मनोरम दृष्यले यति मोहित बनाएको थियो कि अरु केही प्रवाह थिएन।

जता हेर्‍यो त्यही कलकल पानी बगेको। चित्रकारले विभिन्न रंगको प्रयोग गरेर बनाएको चित्र जस्तो थियो त्यहाको वातावरण।

भूइँमा बिभिन्न फूलबुट्टा भरेर बिछ्याएको गलैँचा जस्तो फूलहरू फुलिरहेका थिए। झरी र जाडोलाई बेवास्ता गरी चरिरहेको चौँरीको  दृष्य जति हेरे पनि आँखाहरु थाक्दैनन् थिए।

करिब चार घण्टाको हिँडाइपछि हामी ४२५० मिटर उचाइमा रहेको स्वर्गको एक टुक्रा जट्टापोखरी पुग्यौं।

त्यहा भक्तजनहरू पूजा गरिरहेका थिए। जट्टापोखरीमा जट्टेश्वर महादेवको पूजा गर्दा मनले चिताएको कुरा पुग्ने विश्वास आम यात्रीमा रहेछ।

जट्टापोखरी र पाँचपोखरीको प्रर्यटकीय विकासको लागि आवश्यक अध्ययन र प्रचार गर्न पुगेको प्रदेश नं. ३ का सांसद शान्तिप्रसाद पौडेल तथा गोकुलगंगा पाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारलगायतको ३३ जनाको टोलीसँग भेट भयो।

जनैपुर्णिमा भएकाले हाम्रो समूहमा जनै लगाउने सागरबाहेक अरू थिएनौं। सागरले सांसदको हातबाट जनै फेरे हामीले पनि पूजा गर्‍यौं।

धेरै जना यात्रीहरु फर्किसकेको थिए। जट्टापोखरी शान्त भएर हामीलाई नियालिरहेको थियो। जमिनमा साना-साना पोथ्रा/पोथ्री मात्र थिए।

अनेकौँ जटिबुटीले धर्ती मगमगाईरहेको थियो। निको पानीको स्पर्शले मन नै हलुंगो भयो।

एकै छिनमा मौसम सफा भएर दैलो उगारे जस्तो घाम लागथ्यो भने एकै छिनमा दुलहीले घुम्टो ओढे जस्तो अन्धकार हुन्थ्यो।

कुनै जादुगरले जादु देखाए भन्दा कम थिएन त्यहाँको दृष्य। प्राकृतिक सौन्दर्यमा डुबुल्की मार्दा भोक र थकाईले हामीलाई चिहाउनसमेत सकेको थिएन।

दिउँसोको २ बजे हामीले पुनः पाचँपोखरीका लागि बाटो ततायौं।

वाह! पाँचपोखरी

हामी जट्टा पोखरीबाट उकालो लाग्ने बेलामा हल्का पानी पर्न सुरू भयो। मौसम एक्कासी अध्यारो भयो। उकालो देखेर सुमित र सागरले त्यति जान मन गरेका थिएनन्। तर, हामीले यो मौका गुमाए पछुताउनुपर्ने भन्दै कर गर्‍यौं।

नाक ठोक्किएला जस्तो उकालो बाटो पुरै चट्टानै चट्टानले बनेको थियो। चिसो हावाले हाम्रो मुटुमा छोएर बहिरहेको थियो।

करिब २ घण्टाको तीव्र हिँडाइपछि प्रकृतिको सुन्दर नगरी पाँचपोखरी पुगियो।

चारै तिर अग्ला अग्ला चट्टान नै चट्टानको बीचमा ४६०६ मिटर उचाइमा रहेको पाँचपोखरी मुस्कुराइरहेको थियो। मौसमले हाम्रो स्वागतमा घुम्टो उघारेर घाम लागेको थियो।

पहिलो कुण्डमा त्रिशूल अन्न र फूल भक्तजनहरुले चढाएका थिए। हामी बसैले त्यही गएर पूजा गर्‍यौं। हाम्रो समूहमा हामी चार जना नै अविवाहित थियौं। राम्रो वर माग्नु भन्दै केटा पुरूष साथीले जिस्काउन भ्याए।

बास्तवमा हामी त्यहाँ धार्मिक आस्थाभन्दा पनि प्राकृतिक सौन्दर्यलाई नजिकबाट महशुस गर्न हिँडेका थियौँ। चारै तिर चट्टानको बीचमा कहाँबाट पोखरीमा पानी आउँदो हो त्यही कुराले मलाई चकित पारेको थियो।

जब पाँचपोखरीमा पुगियो संसारमा यो भन्दा सुन्दर बस्तु अरू केही छैन होला भन्दै एक आपसमा फोटो खिच्न थालियो।

पोखरीमा चित्रकारले कोरेको चित्र माथिबाट जाल हाने झै पहाडको आकृति पानीमा तैरिरहेको थियो। छेउमा फुलेका फूलहरूले रंग नपुगेको ठाउँमा रंग भर्ने काम गरिरहेको थियो।

हामीले त्यही सुन्दर पाँचपोखरीको पाँचवटै कुण्ड नियाल्दै गर्दा एक्कासी फर्किने कुरा गरिन् साथी संगिताले।

हामीलाई त्यो सुन्दर कला नियालेर अझै आनन्द लिन मन थियो तर, बेलैमा नहिँडे बास बस्ने ठाउँमा पुग्न सकिदैन थियो।

मलाई त्यती बेला लग्यो यो सुन्दर ठाउँमा बास बस्न मिल्ने ब्यवस्था भइदिए कति राम्रो हुन्थ्यो होला।

मनभरी यो प्रकृतिको अनुपम कलालाई क्यामेराको लेन्सले भन्दा आँखाका लेन्सले मनको एल्बमा कैद गर्दै ओरालो लागियो।

बेलुका मानेडाँडा पुग्ने बेलामा धेरै दुख पाइयो। बाटोमा अध्यारो भइसकेको थियो। त्यहाँ बिजुली बत्तीको पहुँच थिएन। मोवाइलमा भएको चार्ज पनि फोटो खिच्दै सकिएको थियो।

हाम्रो साथमा सानो एउटा टर्चबाहेक अरु केही थिएन। चौंरीको गोबरमा टेकेर धेरै पटक लडियो। पानीले भिजाएर बिजोक बनाएको थियो।

दिउँसोसम्मको रमाइलो टोली बोल्नसमेत नसक्ने अवस्थामा पुगेको थियो। अन्नतः करिब ८ बजे मानेडाँडा आएर बास बसियो।

दिनभरीको थकाइमा अनि पाँचपोखरीको प्रकृतिको असरले पनि होला सुमितले श्रीमती र छोराको सम्झनामा यस्तो भावना कोरे।

हालखबर के छ बुढा भनेर नसोध

यहाँ मेरो बेहाल छ

कहाँ बस्यौ बुढा भनेर नसोध

बाटोमा कही खाने र बस्ने बासको प्रबन्ध छैन

घना जंगल अनि बीच सडकमा

ओढ्ने प्लाष्टिकमाथि पल्टिएर

झमझम वर्षामा रुझ्दै रात बितेको छ

 

तिमीलाई कस्तो छ बुढा भनेर नसोध

रूघाखोकी अनि सँगै ज्वरो पनि आएको छ

यात्रा सुरू भएको दिन यमराजले बोलायो, म जान मानिनँ

त्यसैको भोलिपल्ट, विन्द्राबनको बीचमा उकालो चढ्दै गर्दा

लेक लागेर बाटैमा ढलेँ, अनि तिमी र छोरालाई सम्झिएर धुरूधुरू रोएँ।

मलाई थाहा छ तिमीले पत्याउँदैनौ

यो चाहीँ कुरा सागर सरलाई सोध

 

के खायौं बुढा भनेर नसोध

घरबाट हिँड्दा एक बोतल पानी पनि बोकिएन

साथीहरूले बोकेको पानी र सातु

आफ्नो भागबाट कटाएर मेरो प्राण धानिदिएको छ

 

फोन किन नगरेको बुढा भनेर नसोध

एनसेलमा ब्यालेन्स थिएन

एनटीसीमा टावर नै दिएन

 

कहाँ छौ बुढा भनेर नसोध

साथीहरूले डोर्‍याउँदै लक्ष्यमा पुर्‍याई दिए

अहिले सुरक्षित ठाउँमा आइसकेका छौं।

 

कहिले आउँछौ बुढा भनेर नसोध

साथीहरूले मेरो प्राण जोगाएर

ल्याइदिएका छन् यसैमा गर्व गर

सकेसम्म आजै आउँछु

नसके भोलिसम्म अवस्य आइपुग्छु

एउटा लोकल भाले खोजेर राख

मेरो कुरा सकियो बुढी अब तिम्रा कुरा भन।। 

बोनसमा जिरी बजार हेरियो

हामी हिँडेको रात नै वर्षातले खिम्ती खोला बगाएको रहेछ। दिनभरी मानेडाँडाबाट ओरालो झरेर बेला गर्जाङ पुग्दा मेरा गोडा सुन्निएर केराको थाम जस्तो भएका थिए।

होटल पुगेपछि मन्थली जाने बाटो बन्द भएको खबरले मनमा अर्को पीडा थपिदियो। साउनीले जिरीको बाटोहुँदै भोलि सुमो जाने कुरा भनिन्। मनमा छुट्टै आनन्द भयो। मेरा समूहका अन्य साथीहरुका लागि जिरी बजार खासै नौलो थिएन। तर, मैले नेपालको स्वीटजरल्याड भनेर धेरै पटक पढेको थिएँ। पुग्न पाएकी थिइनँ।

बेलुकाको खानपिन पछि सजिलोसँग सुतियो। बिहान उठ्दा घडीले बिहानको ६ बजाइसकेको थियो। अनुहार सुन्निएर होटलमा साउनीले पकाउँदै गरेको दुनट जस्तै भएको रहेछ।

गोडा दुखेर ऐइया ऐया गर्दै झोला बोकेर माथिल्लो तलाबाट मुनि ओर्लिएँ। चिया नास्ता खाएर जिरीहुँदै मन्थली यात्राको लागि सुमो चढियो।

जिरीमा सुमो चालकले मेरो जिरी हेर्ने इच्छा बुझेर सुमो रोकिदिए। मैले जिरी बजारमा नजर दौडाएँ। सुन्दर बजार भूकम्पपछि बनेका निलो जस्ता टल्किने घरहरुले ठडिन थालेका रहेछन्।

जिरी बजार मैले बोनसमा पहिलो पटक नियालेँ। पाँचपोखरीमा आठ जनाले तय गरेको यात्रा अन्नत पाँच दिनमा टुङ्गियो।

पाँचपोखरी घुम्न मन पराउने प्रकृतिप्रेमीले यो ठाउँ छुटाउनु हुँदैन। लामो यात्रा गर्नुपर्ने र सवारी साधनको पहुँच नभएकाले यात्रा अवधिभर आवश्यक खाद्यन्न तथा ओढ्ने ओछ्याउने आफैंले जोहो गर्नुपर्छ।

उकालो र चिप्लो बाटो भएकाले हिड्न सजिलो र पानीमा भिजाउन मिल्ने जुत्ताको प्रयोग गर्नुपर्छ। खर्चको हिसाबले एक साताका लागि एक जानलाई काठमाडौंबाट जाँदा १० देखी १५ हजार रूपैँया बोके पुग्छ।

पाँचपोखरीमा पर्यटकीय विकास गर्न गोकुलगंगा गाउँपालिकाले आवश्यक पहल गर्न जरूरि देखिएको छ। कम्तिमा यात्रीलाई बास बस्न मिल्ने साना साना आवास गृह वा होमस्टे बनाउन सकिने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ।

भिरालो बाटोमा सहज तरिकाले हिडडुल गर्न मिल्ने खुड्किला बनाउनु पर्छ। प्रकृतिको प्रबद्र्घन गर्न साथै आर्थिक बिकासका लागि त्यहाँ उपलब्ध हुने पदमचाल, पाँचऔँले, जटामसी, पाखनवेदजस्ता बहुमुल्य जडीबुटीको उच्चतम प्रयोग र बिक्री गर्न सकिन्छ।

थप तस्बिरहरू

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  १५:३०
सिफारिस
मधेसवादी दलको चर्चा मुर्झाएको मधेसको केन्द्र धनुषा–३
मधेसवादी दलको चर्चा मुर्झाएको मधेसको केन्द्र धनुषा–३
चुनावी दौडमा छिन् साढे आठ महिनाकी गर्भवती रञ्जु दर्शना (भिडिओ)
चुनावी दौडमा छिन् साढे आठ महिनाकी गर्भवती रञ्जु दर्शना (भिडिओ)
कस्ता छन् सेयर मूल्य कम भएका यी बैंक?
कस्ता छन् सेयर मूल्य कम भएका यी बैंक?
कति बिग्रेको छ हाम्रो न्यायालय, कसरी सुधार्ने?
कति बिग्रेको छ हाम्रो न्यायालय, कसरी सुधार्ने?
विपक्षीका लागि 'टेन्सन', अलराउन्डर गुल्सन
विपक्षीका लागि 'टेन्सन', अलराउन्डर गुल्सन
काठमाडौं महानगरका सबभन्दा बढी वडा समेटिएको ८ नम्बर क्षेत्र
काठमाडौं महानगरका सबभन्दा बढी वडा समेटिएको ८ नम्बर क्षेत्र
स्वर्णिमको नेतृत्वमा लेखिँदैछ रास्वपा घोषणापत्र, १०० दिनमा गर्ने १०० कामको सूची बनाइँदै
स्वर्णिमको नेतृत्वमा लेखिँदैछ रास्वपा घोषणापत्र, १०० दिनमा गर्ने १०० कामको सूची बनाइँदै
माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र
चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

घुमफिर

ताँबे डाँडाले तानेको मन (तस्बिरहरू)
बेचैनीले जन्माएको खप्तड यात्रा
एकातिर हेर्दा मुस्ताङ जस्तो उजाड डाँडा, अर्कोतिर हेर्दा इलाम जस्तो हरियाली!
घले गाउँमा एक रात
मुटु नै काँप्ने जुम्ला र नेपालगञ्जको त्यो हवाई यात्रा
यात्राका धमिला अक्षरहरू !
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP