नेपाली कांग्रेसको अमेरिकास्थित क्यालिफोर्निया, दाङ सम्पर्क समिति गठन गरिएको छ।
कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको उपस्थितिमा बिहीबारको भेलाले डिल्लीराज रेग्मीको अध्यक्षतामा क्यालिफोर्निया–दाङ सम्पर्क समिति गठन गरेको हो।
दाङ तुलसीपुर घर भएका बेगमबहादुर हमाल (सुरेश) को अध्यक्षतामा भएको भेलाबाट उपाध्यक्षमा सुनिल अधिकारी, सचिवमा रबिन भण्डारी, कोषाध्यक्षमा देवबहादुर वली, सह– सचिवमा धुर्व विश्वकर्मालाई चयन गरेको छ।
त्यस्तै, समितिको सदस्यहरूमा गिरिराज बुढाथोकी, दुर्गा घर्ती, शंकर खड्का, जितबहादुर सुनार, कुशल राणा, सन्तोष गिरी र दिपक केसीलाई चयन गरेको छ।
समितिको सह–कोषाध्यक्ष र केही सदस्य भविष्यमा थप गर्ने गरी १५ सदस्यीय कार्य समिति चयन गरिएको छ। यसअघि हाल अमेरिकाको भ्रमणमा रहेका कांग्रेस दाङका सभापति डाँगीको उपस्थितिमा न्यूयोर्कमा पनि यस्तै समिति गठन गरिएको थियो।
क्यालिफोर्नियाको भेलालाई सम्बोधन गर्दै दाङका सभापति डाँगीले प्रजातन्त्र बिना व्यक्तिका वाक स्वतन्त्रता र मानव अधिकार अपहरणमा पर्ने बताए।
उनले विश्व जगतलाई तानाशाह र अपराधको चक्रब्यूहबाट जोगाउन सम्मुनत लोकतन्त्र आजको अपरिहार्य आवश्यकता भएको दाबी गरे।
साथै उनले जहाँ रहेपनि सत्कर्म गर्न तथा लोकतन्त्रका पक्षमा आफूलाई समर्पित गरी प्रगतिका ढोकाहरू खोल्न आग्रह गरेका थिए।