प्रधानमन्त्री राहत कोषमा अमेरिकामा रहेकी व्यवसायी अरुणा खड्काले ५ लाख सहयोग गरेकी छन्।
बाढी पीडितको उद्धार तथा राहतका लागि खड्काले ५ लाख १ हजार ३२२ रुपैयाँ सहयोग गरेकी हुन्।
खड्का अमेरिकामा रियल्टर हुन्।
सन् २००८ मा अमेरिका गएकी खड्का सौन्दर्य व्यवसाय छोडेर पाँच वर्षयता रियल–इस्टेटको क्षेत्रमा कार्यरत छन्।
देशलाई संकट परेको बेला विश्वभर रहेका नेपालीबाट साथ र सहयोग आउने उनले बताइन।
‘नेपाल बाहिर रहँदा अझै देशको याद धेरै हुन्छ। हामी सबैले आफूले सकेको सहयोग गर्नुपर्छ,’ उनले भनिन्।
खड्का नेशभिल्ल नेपाली एसोसिएसनकी पूर्वअध्यक्ष समेत हुन्।