नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रवीन्द्र श्रेष्ठ (गोर्खाली) विजयी भएका छन्।
आइतबार टोकियोमा सम्पन्न भएको अधिवेशनमा अध्यक्ष पदका अर्का प्रत्यासी राजन गौतमलाई पछि पार्दै रवीन्द्र श्रेष्ठ विजयी भएका हुन्। कुल खसेको ७७ मतमा श्रेष्ठले ४४ र गौतमले ३२ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्ष पदका तीन उम्मेदवारमध्ये मनिषा चम्लागाईं विजयी भएकी छन्।
सोही पदका लागि उम्मेदवारी दिएका गोकर्ण अधिकारी र विनोद सापकोटालाई पछि पार्दै चम्लागाईं उपाध्यक्ष पदमा विजयी भएकी हुन्।
चम्लागाईंले ३० मत प्राप्त गर्दा उपाध्यक्षका अर्का प्रत्यासी अधिकारीले २८ र सापकोटाले १९ मत मात्र प्राप्त गरे ।
त्यसैगरी महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन्।
सोही पदमा उम्मेदवारी दर्ता गरेकी सजिना मोक्तान १३ मतले पछि पार्दै पौडेल विजयी भएकी हुन्। पौडेलले ४५ मत प्राप्त गर्दा मोक्तानले ३२ मत मात्र प्राप्त गरिन्।
सचिव पदमा उम्मेदवारी दिएका अर्जुन लामिछाने विजयी भएका छन्। लामिछानेले ४५ मत प्राप्त गर्दा अर्का प्रत्यासी विश्वास आचार्यले ३२ मत मात्र प्राप्त गरे।
त्यस्तै खुला सह-सचिव पदमा विष्णु सापकोटा र समावेशी सह-सचिवमा फुर्बा शेर्पा निर्बिरोध निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा नागोयाका भुलबहादुर राना निशान निर्बिरोध निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी र बिनोद ढकाल निर्बिरोध निर्वाचित भएको निर्वाचन संयोजक खगराज गौतमले जानकारी दिए।