नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा सितल गिरी निर्विरोध निर्वाचित भएका छन्।
तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा मेलबर्नका गणेश पौडेलले सहमतिमा उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति निर्विरोध चयन भएको हो।
निर्वाचन समितिका संयोजक अभिमन्यु केसीका अनुसार निर्वाचन समितिको पहल तथा सम्बन्धित पक्षबीचको छलफल र सहमतिका आधारमा केन्द्रीय समिति तथा विभिन्न राज्य समितिका पदमा सर्वसम्मत उम्मेदवार चयन भएका हुन्।
उपसभापतिमा सिड्नीका रोहित खड्का र समीर खतीवडा तथा महामन्त्रीमा दिनेश बञ्जारा (मेलबर्न) र सुबिन राज वाग्ले (पर्थ) निर्विरोध निर्वाचित भएका छन्।
सहमहामन्त्रीमा सिड्नीका विशाल पोखरेल र एडिलेडका विशाल बाबु कोइराला चयन भएका छन्।
वेस्टर्न अष्ट्रेलियाको संयोजकमा सुशान्त सुवेदी (मिकी) र उपसंयोजकमा सन्तोष थापा, क्वीन्सल्यान्डको संयोजकमा सुभाष प्रसाईं, उपसंयोजकमा सञ्जीव शाह र सचिवमा रमेश खत्री चयन भएका छन्।
नर्दन टेरिटोरीको संयोजकमा मनीष सिम्खडा, उपसंयोजकमा दिवाकर दवाडी र सचिवमा गोविन्द अर्याल तथा न्यू साउथ वेल्सको संयोजकमा दियाल गिरी (राजु), सचिवमा सुदीप काजी विष्ट र कोषाध्यक्षमा प्रज्वल चापागाईं चयन भएका छन्। सेन्ट्रल कोस्टको संयोजकमा सम्राट कँडेल चुनिएका छन्।
साउथ अष्ट्रेलियाको संयोजकमा भीमप्रसाद न्यौपाने, क्यापिटल टेरिटोरी (क्यानबेरा) को संयोजकमा प्रेमबहादुर रायमाझी र उपसंयोजकमा सुभाष अधिकारी तथा तास्मानियाको संयोजकमा अनिल ढकाल चयन भएका छन्।
भिक्टोरियामा भने उम्मेदवारबीच सहमति जुट्न नसकेपछि निर्वाचन पछि सारिएको संयोजक केसीले जानकारी दिए।
केन्द्रीय समिति सदस्यमा समित केसी, दिनेश अधिकारी, जोन श्रेष्ठ, दीपक डल्लाकोटी, बामदेव पौडेल, दीपक कँडेल, राजेश टण्डन, प्रेम निरौला, प्रेम प्रकाश धामी, अरुणचन्द्र श्रेष्ठ, विकास कुमार झा, नेत्रविक्रम ओली, चन्द्र तिवारी, विनोद उप्रेती, तारा डाँगी, गणेश तिवारी, रोशन घिमिरे, सुरज बस्नेत, रोहित कार्की, भजुमान तामाङ, अनुपम ढुंगाना, सनम गुरुङ, महेश जंग कुँवर, भीम बस्नेत, नवीन ओली, कुबेरजंग शाही, सन्तोष भट्ट, वीरबहादुर जोरा, संगी शेर्पा, अनिता पौडेल, अनुपचन्द्र सुवेदी, सुरज जंग बस्नेत, सोनु ढकाल, निर्मल अर्याल, सुजन खड्का, सोभित प्रधान, एकराज बस्नेत, नरेश रावल, रमेश खड्का र अशोक लामा रहेका छन्।