महालक्ष्मी विकास बैंकले सबैभन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना 'महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता' सार्वजनिक गरेको छ ।
दश हजारमै खोल्न सकिने उक्त खातामा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरूले उक्त मुद्दती खाता खोल्न सक्नेछन् ।
बैंकले ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै यो मुद्दती खाता सञ्चालनमा ल्याएको बताएको छ।
देशैभर रहेका एक सय तीन शाखाहरूमार्फत यो खाता खोल्न सकिने समेत बैंकले जनाएको छ।