नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्।
सभापतिमा चन्दले ८०९ मत ल्याएर जितेका हुन्। निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए।
उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए भने उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भएका छन्।
यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए।
सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन्।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन्।
जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो।