निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ।
कांग्रेसबाट समानुपातिकतर्फ २० जना सांसद निर्वाचित भएका छन्।
शेरबहादुर देउवा सभापति हुँदा नै कांग्रेसले समानुपातिक सूची बुझाएको थियो। पछि विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका थिए।
कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको छ।
समानुपातिकतर्फ पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे पनि निर्वाचित भए। उनीहरूबाहेक १८ जना नयाँ नेताहरूलाई कांग्रेसले अवसर दिएको छ।
समानुपातिक सांसद सूची-
१ भीष्मराज आङ्देम्बे
२. मदनकृष्ण श्रेष्ठ
३. गीताकुमारी सेन्दाङ
४. गंगालक्ष्मी अवाल
५. गीता गुरूङ
६. रेनुका काउचा
७. अर्जुननरसिंह केसी
८. कालिबहादुर सहकारी
९. सुशीला ढकाल आचार्य
१०. रूक्मिणीदेवी कोइराला
११. रिना उप्रेती
१२. सीता थपलिया
१३. प्रमिलाकुमारी गच्छदार
१४. हरिनादेवी कामी
१५. पवित्रा विक
१६. मनमाया विक
१७. चन्द्रमोहन यादव
१८. निनुकुमारी कर्ण
१९. रेखाकुमारी यादव
२०. शाहजान खातुन।