हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ७७ जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको निर्वाचन परिणामले देखाएको छ।
सुदुरपूर्वको धरानमा ६ महिना अघि मात्रै जग हालिएको यो पार्टीले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवारी दिएको थियो। तर, समानुपातिक मतको नतिजा अनुसार श्रम संस्कृतिले मुलुकभरीका सबै निर्वाचन क्षेत्रबाट मत पाएको छ।
प्रत्यक्षतर्फ तीन क्षेत्र जितेको र समानुपातिकतर्फबाट थप ४ जना सांसद पाएको श्रम संस्कृति पार्टी पाँचौं ठूलो दल पनि बनेको छ।
प्रदेशगत रूपमा मत वितरणमा ठूलो अन्तर देखिए पनि देशभरका सबै क्षेत्रबाट आएको मतले यो पार्टीको देशैभरी उपस्थिति रहेको देखिएको छ।
मुलुकका ७ प्रदेशबाट श्रम संस्कृति पार्टीले कुल ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको छ।
प्रदेशगत रूपमा श्रम संस्कृति पार्टीले सबैभन्दा धेरै मत कोशी प्रदेशबाट प्राप्त गरेको छ। कोशीका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रबाट पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ।
ताप्लेजुङमा ८ हजार ६९८ मत, पाँचथरमा १८ हजार ३६८ मत प्राप्त भएको छ। इलामका दुई निर्वाचन क्षेत्रमा क्रमशः १६ हजार ५५० र १७ हजार ४८२ मत आएको छ।
झापाका पाँच निर्वाचन क्षेत्रमा क्रमशः १० हजार ४०, ७ हजार ९००, ८ हजार ३०१, ८ हजार ४११ र १० हजार ६७३ मत प्राप्त भएको छ। संखुवासभामा १० हजार ६७३ मत, तेह्रथुममा ६ हजार ६६४ मत, भोजपुरमा १६ हजार १५० मत र धनकुटामा १३ हजार ९६० मत पाएको छ।
मोरङका छ निर्वाचन क्षेत्रमध्ये मोरङ–१ मा १७ हजार ५७० मत, मोरङ–२ मा २ हजार ४४० मत, मोरङ–३ मा १८ हजार ४८५ मत, मोरङ–४ मा १ हजार ४३० मत, मोरङ–५ मा ५२२ मत र मोरङ–६ मा ३ हजार ७५४ मत प्राप्त भएको छ।
सुनसरीका चार निर्वाचन क्षेत्रमा सुनसरी–१ मा ३२ हजार २३० मत, सुनसरी–२ मा ७ हजार ९९७ मत, सुनसरी–३ मा २ हजार २०३ मत र सुनसरी–४ मा ३ हजार २६४ मत आएको छ।
यस्तै, सोलुखुम्बुमा ६ हजार ८६८ मत, खोटाङमा १८ हजार १३७ मत, ओखलढुंगामा ४ हजार ६२५ मत यो पार्टीलाई प्राप्त भएको छ।
उदयपुरका दुई निर्वाचन क्षेत्रमा उदयपुर–१ मा १२ हजार २९६ मत र उदयपुर–२ मा ४ हजार ९९२ मत पाएको छ। यीमध्ये सबैभन्दा धेरै मत सुनसरी–१ मा ३२ हजार २३० पाएको छ।
कोशीपछि श्रम संस्कृतिले बागमती प्रदेशबाट दोस्रो धेरै मत पाएको छ।
बागमतीका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्रबाट पार्टीले ३१ हजार ५३९ मत प्राप्त गरेको छ।
दोलखामा ८२८ मत, रामेछापमा १ हजार ५८७ मत पाएको श्रम संस्कृतिले सिन्धुलीका दुई निर्वाचन क्षेत्रमा सिन्धुली–१ मा २ हजार ४६१ र सिन्धुली–२ मा ८१२ मत पाएको छ।
रसुवामा ८१२ मत पाएको श्रम संस्कृतिले धादिङ–१ मा ४५२ र धादिङ–२ मा ८०३ मत प्राप्त गरेको छ। नुवाकोट–१ मा ६०७ र नुवाकोट–२ मा ६९७ मत पाएको छ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा क्रमशः काठमाडौं–१ मा ७८४, काठमाडौं–२ मा ८७७, काठमाडौं–३ मा ९३५, काठमाडौं–४ मा १ हजार १८८, काठमाडौं–५ मा १ हजार १६९, काठमाडौं–६ मा ६७७, काठमाडौं–७ मा ७६३, काठमाडौं–८ मा ५६९, काठमाडौं–९ मा ५२८ र काठमाडौं–१० मा ७७६ मत श्रम संस्कृतिलाई पाएको छ।
भक्तपुर–१ मा ५५० र भक्तपुर–२ मा १ हजार ७५ मत पाएको छ।
ललितपुर–१ मा ४७०, ललितपुर–२ मा १ हजार १५८ र ललितपुर–३ मा २ हजार १६९ मत प्राप्त भएको छ।
काभ्रे–१ मा ६१० र काभ्रे–२ मा ७३४ मत पाएको यो दललाई सिन्धुपाल्चोक–१ मा ५६७ र सिन्धुपाल्चोक–२ मा ३९२ मत प्राप्त भएको छ।
मकवानपुर–१ मा १ हजार ६२४ र मकवानपुर–२ मा १ हजार ४६७ मत आएको छ। चितवन–१ मा १ हजार ५४७, चितवन–२ मा १ हजार १४९ र चितवन–३ मा १ हजार २५३ मत प्राप्त भएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रबाट पार्टीले २३ हजार ५०३ मत पाएको छ।
गुल्मी–१ मा ७४९ र गुल्मी–२ मा १८७ मत आएको छ। पाल्पा–१ मा १ हजार ७९५ र पाल्पा–२ मा १ हजार ७६३ मत प्राप्त भएको छ। अर्घाखाँचीमा ५७२ मत आएको छ।
त्यस्तै, रूपन्देही–१ मा २ हजार ५०४, रूपन्देही–२ मा २ हजार ३२४, रूपन्देही–३ मा १ हजार ४०५, रूपन्देही–४ मा ८० र रूपन्देही–५ मा २ हजार ४३ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ।
कपिलवस्तु–१ मा ८८६, कपिलवस्तु–२ मा २०९ र कपिलवस्तु–३ मा ३६३ मत आएको छ। रूकुम पूर्वमा ३६३ मत, रोल्पामा ७८८ मत र प्यूठानमा ९५५ मत प्राप्त भएको छ।
दाङका तीन निर्वाचन क्षेत्रमा दाङ–१ मा ७०८, दाङ–२ मा ८७१ र दाङ–३ मा ४७७ मत आएको छ। बाँके–१ मा ६११, बाँके–२ मा २९९ र बाँके–३ मा ५८५ मत उसलाई प्राप्त भएको छ।
बर्दिया–१ मा ५०६ र बर्दिया–२ मा ५७१ मत पाएको श्रम संस्कृतिले नवलपरासी (बर्दघाट सुस्तपश्चिम)–१ मा ८९५ र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)–२ मा १ हजार १८० मत पाएको छ।
गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रबाट श्रम संस्कृतिले १८ हजार ९९५ मत प्राप्त गरेको छ।
गोरखा–१ मा ४८६ र गोरखा–२ मा ६९६ मत पाएको श्रम संस्कृतिले मनाङमा ८३ मत प्राप्त गरेको छ।
लमजुङमा १ हजार १३७ पाएको यो पार्टीलाई कास्की–१ मा १ हजार ५८४, कास्की–२ मा १ हजार ६६ र कास्की–३ मा ९१४ मत प्राप्त भएको छ।
तनहुँ–१ मा १ हजार ५३२ र तनहुँ–२ मा १ हजार ३४४ मत पाउँदा स्याङ्जा–१ मा ९५७ र स्याङ्जा–२ मा १ हजार ९ मत प्राप्त भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा २ हजार २५३ र २ मा १ हजार ९७६ मत आएको छ।
मुस्ताङमा १ हजार ९७६ मत, म्याग्दीमा १ हजार ७१५ मत प्राप्त भएको छ। बाग्लुङ–१ मा ८०४ र बाग्लुङ–२ मा ७६२ मत आएको श्रम संस्कृतिलाई पर्वतमा ७६२ मत प्राप्त भएको छ।
मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीले ९ हजार ८५४ मत पाएको छ।
सप्तरी–१ मा उसलाई २५३, सप्तरी–२ मा १५७, सप्तरी–३ मा १९० र सप्तरी–४ मा २२२ मत आएको छ।
सिराहा–१ मा २५५, सिराहा–२ मा ३१७, सिराहा–३ मा ३९० र सिराहा–४ मा १४४ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ।
त्यस्तै, धनुषा–१ मा ५४०, धनुषा–२ मा २१, धनुषा–३ मा ३६३ र धनुषा–४ मा ५१८ मत आएको छ। महोत्तरी–१ मा १ हजार ३०८, महोत्तरी–२ मा ३२८, महोत्तरी–३ मा ७४ र महोत्तरी–४ मा २४ मत प्राप्त भएको छ।
सर्लाही–१ मा ८०१, सर्लाही–२ मा ५३, सर्लाही–३ मा ८७१ र सर्लाही–४ मा २७ मत आएको छ। रौतहट–१ मा ४५, रौतहट–२ मा १८, रौतहट–३ मा १७९ र रौतहट–४ मा ५०६ मत पाएको छ।
बारा–१ मा ५९२, बारा–२ मा ६५, बारा–३ मा २९६ र बारा–४ मा ४४९ मत आएको छ। पर्सा–१ मा १६४, पर्सा–२ मा १४८, पर्सा–३ मा ३३३ र पर्सा–४ मा २०३ मत प्राप्त भएको छ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रबाट श्रम संस्कृतिले ५ हजार ३०५ मत पाएको छ।
कैलाली–१ मा १ हजार ५४, कैलाली–२ मा ५७१, कैलाली–३ मा ४४५, कैलाली–४ मा ७२४ र कैलाली–५ मा ६६७ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ।
दार्चुलामा ५८, बैतडीमा ६०, डडेलधुरामा २३२ मत आएको छ। कञ्चनपुर–१ मा ७९३, कञ्चनपुर–२ मा २८८ र कञ्चनपुर–३ मा २१८ मत प्राप्त भएको श्रम संस्कृतिलाई बझाङमा ४७, बाजुरामा २५, डोटीमा ८५, अछाम–१ मा २० र अछाम–२ मा १८ मत आएको छ।
सबैभन्दा कम मत भने अछाम–२ मा १८ र रौतहट–२ मा १८ मत नै पाएको छ।
कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट पार्टीले ४ हजार ६५७ मत प्राप्त गरेको छ।
सल्यानमा ३१२ मत, डोल्पामा ७२ मत, मुगुमा ३९ मत प्राप्त भएको छ। जुम्लामा २०० मत, कालीकोटमा ३६ मत र हुम्लामा ३० मत आएको छ।
जाजरकोटमा ९२ मत प्राप्त भएको छ। दैलेख–१ मा ३६७ र दैलेख–२ मा ५४ मत आएको छ। सुर्खेत–१ मा ९५२ र सुर्खेत–२ मा २ हजार २७१ मत प्राप्त भएको छ। रूकुम पश्चिममा २३२ मत आएको छ।
श्रम संस्कृतिलाई सबैभन्दा कम मत कर्णाली प्रदेशबाट आएको छ।
निर्वाचन आयोगका अनुसार कोशी र वागमती प्रदेश पछि श्रम संस्कृतिलाई लुम्बिनीबाट तेस्रो धेरै मत प्राप्त भएको छ। चौथो धेरै मत गण्डकीबाट पाएको यो दलले पाँचौं धेरै मत मधेश प्रदेशबाट पाएको छ।
छैटौं धेरै मत सुदूरपश्चिमबाट पाएको श्रम संस्कृतिले सबैभन्दा कम मत कर्णाली प्रदेशबाट पाएको छ।
श्रम संस्कृतिका केन्द्रीय सदस्य समिर तामाङ पार्टी स्थापनाको छोटो समयमै ७७ जिल्लाका १६५ वटै क्षेत्रबाट धेरथोर मत आउनुले पार्टी देशभर फैलने क्रममा रहेको देखिएको बताएका छन्।
‘हामीले सुदुर पूर्वमा जग हालेको दलले देशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा उपस्थिति दर्शाउनुलाई उपलब्धि मानेका छौं,’ उनले भने, ‘यसले हामीलाई उत्साही बनाएको छ।’