नेपालका लागि बजाज दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै 'चेतक फेस्टिभ फाइभ' योजना सार्वजनिक गरेको छ।
दसैंदेखि छठसम्म लागू हुने यो सीमित अवधिको योजना ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो।
यस अभियानअन्तर्गत, बजाज चेतकका कुनैपनि मोडल खरिद गर्ने ग्राहकहरूले पाँचवटा विशेष सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ।
जसअन्तर्गत इएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, १ लाख रूपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष इएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसोसरिज रहेका छन्।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, 'नेपालमा चाडपर्वहरू नयाँ सुरुवात र पारिवारिक खुसीका अवसर हुन्। 'चेतक फेस्टिभ फाइभ' मार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन चाहन्छौं। शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ।'
'चेतक फेस्टिभ फाइभ' अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक सोरुमहरूमा छठसम्म उपलब्ध रहने कम्पनीको भनाइ छ।