के एल दुगड समुहले बाँके, कोहलपुर नगरपालिका वार्ड न. ७, १४ तथा १५ मा ४ सय परिवारलाई खाद्य सामाग्री बाँडेको छ।
समूहले चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजी को
फेमिली प्याक उक्त वोडाका गरीबहरुलाई वार्ड अफिसको समान्वयमा वितरण गरिएको हो।
उक्त खाद्य समाग्री वितरण कार्यक्रममा वडा अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो।
दुगुड समूहले यस्तो सहयोग गर्दै जाने प्रतिवद्धता गरेको छ।