नेपाल बङ्गलादेश बैंकले आफ्नो ९६औं शाखा काठमाडौंकाे काँडाघारीमा संचालनमा ल्याएको छ।
सोमबारबाट उक्त शाखाको उद्धघाटन गरी औपचारिक कारोबार सुरु गरिएको हो।
याे शाखाको उद्धघाटन बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरे।
बैंकले काँडाघारी शाखासहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ।