गत आर्थिक वर्षको नाफाबाट सबैजसो वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन्। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ भने सिभिल बैंकले अहिलेसम्म घोषणा गरेको छैन।
२५ बैंकहरूले यो वर्ष औसतमा दिने सेयर बोनस ११.३१ प्रतिशत छ। त्यस्तै नगद लाभांश औसतमा २.८७ प्रतिशत छ। औसतमा यो वर्ष बैंकहरूले दिने लाभांश १४.१८ प्रतिशत छ।
बैंकहरूले दिने लाभांश दुई किसिमका हुन्छन्। एउटा नगद लाभांश र अर्को सेयर बोनस। घोषित नगद लाभांश लगानीकर्ताको बैंक खातामा र सेयर बोनस डिम्याट खातामा जम्मा हुन्छ।
यस पटक सबै बैंकहरूले नगदभन्दा सेयर लाभांश धेरै दिएका छन्। नबिल बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ। सो बैंकले १ सय कित्ता सेयर बराबर ३३.५ सेयर बोनस र १.७६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
धेरैजसो बैंकहरूको लाभांश गत वर्षको तुलनामा घटेको छ। कोरोनाको असरले बैंकहरूको नाफामा नै संकुचन आउँदा लाभांश प्रभावित भएको बैंकर्स बताउँछन्।
बैंकको सञ्चालक समितिले लाभांश घोषणा गरिसकेपछि साधारण सभा बस्नुअघि बुक क्लोजको मिति घोषणा गर्छन्। बुक क्लोजको मितिसम्म सेयर भएका सेयरधनीले लाभांश पाउँछन्।
त्यसकारण सेयर लगानीकर्ताले आफूले होल्ड गर्न चाहेको, बेच्न वा किन्न चाहेको कम्पनीको बुक क्लोज मिति भने सम्झनु पर्छ।
मंगलबारसम्म हिमालयन, एनआइसी एसिया, बैंक अफ काठमाण्डु, कुमारी, सानिमा, सिटिजन्स, एभरेष्ट, प्रभु, माछापुच्छ्रे र नेपाल बंगलादेश बैंकको बुक क्लोज भइसकेको छ। तीबाहेक अन्य बैंकको सोमबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउँछन्।
बुक क्लोजपछि बोनस सेयर दिइएको खण्डमा मूल्य समायोजन गरिन्छ, अर्थात बोनस संख्याका आधारमा अघिल्लो दिन कारोबार बन्द हुँदा कायम भएको मूल्य विशेष सूत्रबाट घटाइन्छ।
यसलाई यसरी बुझौं।
मानौं, तपाईंसँग ए बैंकको १५० कित्ता सेयर छ। सो बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
यस्तोमा अब तपाईंलाई करसहित ७५० रूपैयाँ (१५० × अंकित मूल्य १०० को ५ प्रतिशत) नगद प्राप्त हुन्छ।
त्यस्तै १५ कित्ता सेयर (१५० को १० प्रतिशत) बोनस सेयर प्राप्त हुन्छ। सो कम्पनीको अघिल्लो दिनको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ छ भने बुक क्लोजपछि मूल्य समायोजन हुँदा २७२ रुपैयाँ (३००÷१ं+०.१०) कायम हुन्छ।
दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ। नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा जम्मा हुन्छ। बोनस सेयरको हकमा प्रायः कम्पनीले नै कर व्यवस्था गरेका हुन्छन्।
नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य एक सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्वद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ। सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिन्छ।
हेर्नुस्, कुन बैंकको लाभांश कति? (प्रतिशतमा)
बैंक
|
सेयर बोनस
|
नगद लाभांस
|
कुल लाभांश
|
नबिल
|
३३.५
|
१.७६
|
३५.२६
|
एनआइसी एसिया
|
१९
|
१
|
२०
|
कृषि विकास
|
१५
|
०.७८
|
१५.७८
|
हिमालयन
|
१४
|
६
|
२०
|
प्राइम कमर्सियल
|
१५
|
०
|
१५
|
एनएमबी
|
१३
|
३.२०
|
१६.२०
|
नेपाल
|
१२
|
४
|
१६
|
प्रभु
|
१०
|
०.५२
|
१०.५२
|
सिद्धार्थ
|
१२
|
३
|
१५
|
नेपाल बंगलादेश
|
६
|
२.४२
|
८.४२
|
सनराइज
|
५.८
|
२.४८
|
८.२४
|
एसबिआई
|
६
|
३.४७
|
९.४७
|
कुमारी
|
१०
|
४
|
१४
|
एभरेष्ट
|
५
|
५.५३
|
१०.५३
|
सिटिजन्स
|
८
|
३
|
११
|
स्टान्डर्ड चार्टड
|
७
|
४.८४
|
११.८४
|
सानिमा
|
१०
|
३.६
|
१३.६०
|
मेगा
|
१०
|
३.०५
|
१३.०५
|
लक्ष्मी
|
९
|
२.५
|
११.५
|
बिओके
|
१३
|
३
|
१६
|
ग्लोबल आइएमई
|
१४
|
२
|
१६
|
माछापुच्छ्रे
|
७.०३
|
३.३७
|
१०.४०
|
एनसिसी
|
१०.२६९
|
०.५४
|
१०.८०
|
सेन्चुरी
|
५.२५
|
२.२५
|
७.५०
|
इन्भेष्टमेन्ट
|
१३
|
५.५०
|
१८.५०
|