बैंकहरुको मुख्य बिजनेस भनेकै ऋण प्रवाह हो। अझ पछिल्लो समय लगानीयोग्य रकम थन्किँदा बैंकहरुबीच ऋण विस्तारका लागि प्रतिस्पर्धा नै चल्ने गरेको छ।
२७ वाणिज्य बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार औसत सिसिडी रेसियो जम्मा ७४ प्रतिशत छ।
कुल संकलित निक्षेप र मुल पुँजीमा बैंकहरुले प्रवाह गरेको कर्जालाई सिसिडी रेसियोले जनाउँछ। यस्तो रेसियो बैंकहरुले अधिकतम ८५ प्रतिशतसम्म पुर्याउन सक्छन्।
तोकिएको भन्दा औसतमा ११ प्रतिशत कम हुनुले लगानीयोग्य रकम पर्याप्त रहेको पुष्टि गर्छ। लगानीयोग्य रकम थन्किँदा लागत बढ्न गई त्यसले नाफामै असर पार्ने भएकाले बैंकहरुलाई ऋण विस्तार गर्न दवाव छ।
कोभिड–१९को प्रभावका बाबजुत एक वर्षको अवधिमा औसतमा वाणिज्य बैंकहरुले १८.४ प्रतिशतले आफ्नो कर्जा बढाउन सफल भएका छन्।
पुस मसान्तसम्म २७ बैंकले कुल ३२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जवकि गत वर्षको सोही अवधिमा २७ खर्ब २१ अर्ब प्रवाह गरेका थिए।
एक वर्षको अवधिलाई तुलना गरेर हेर्दा बिजनेसमा एनआइसी एसिया बैंक सबैभन्दा बढी आक्रामक देखिएको छ। एक वर्षमै बैंकले आफ्नो बिजनेस अर्थात कर्जा प्रवाह ४१ प्रतिशतले बढाउन सफल भएको छ। पुस मसान्तसम्म उसले प्रवाह गरेको कर्जा प्रवाह सबैभन्दा धेरै २ खर्ब ३२ अर्ब रुपैयाँ छ।
बिजनेसको वृद्धिदरमा एनआइसी एसियालाई सिभिल र प्रभु बैंकले पछ्याइरहेका छन्।
बैंकले ५–६ वर्षअघि नै लिएको रणनीतिको परिणाम अहिले देखिएको बताउँछन् एनआइसी एसिया बैंकका सहप्रवक्ता अर्जुन खनियाँ। ‘हाम्रो टिमको मेहनत मात्रै नभई ग्राहकको विश्वासले पनि बिजनेसमा हामी पहिलो नम्वरमा उभिन सफल भएका छौँ’ उनले सेतोपाटीसँग भने।
केही बैंकको कर्जा वृद्धिदर उल्लेख्य बढ्नुमा मर्ज÷एक्वीजिसनको प्रभाव हो। मर्ज तथा एक्वीजिसनकै कारण मेगा, प्राइम र कुमारी बैंकको कर्जाको वृद्धिदर उल्लेख्य देखिन्छ।
मेगाले गण्डकी विकास, प्राइमले कैलाश विकास बैंक र कुमारीले देव विकास बैंकलाई गाभेर कारोबारलाई एकीकृत गरेका कारण उनीहरुको कर्जा वृद्धिदर उल्लेख्य देखिएको हो।
दुई बैंक स्टान्डर्ड चार्टड र एसबिआई बैंकको बिजनेस वृद्धिदर ‘माइनस’मा गएको छ। अर्थात यी दुई बैंकको कर्जा प्रवाह अघिल्लो पुसमा भन्दा घटेको छ। नयाँ प्रवाह भएको कर्जाभन्दा पुरानो साँवा, ब्याज उठ्ने रकम धेरै हुनुले ती बैंकको बिजनेस वृद्धिदर ‘माइनस’मा देखिएको हो।
त्यस्तै एभरेष्ट बैंकको बिजनेस स्थिर देखिन्छ।
तथ्यांकमा हेर्नुस् कुन बैंकले कति बढाए आफ्नो व्यवसाय?
बैंक
|
कर्जा, ०७७ पुस मसान्तसम्म
|
कर्जा ०७६ पुस मसान्तसम्म
|
अन्तर (प्रतिशतमा)
|
एनआइसी एसिया
|
२ खर्ब ३२ अर्ब
|
१ खर्ब ६४ अर्ब
|
४१.४
|
ग्लोबल आइएमई
|
२ खर्ब १३ अर्ब
|
१ खर्ब ९७ अर्ब
|
८.१२
|
नविल
|
१ खर्ब ७९ अर्ब
|
१ खर्ब ४७ अर्ब
|
२१.७
|
राष्ट्रिय वाणिज्य
|
१ खर्ब ७० अर्ब
|
१ खर्ब ५२ अर्ब
|
११.८
|
सिद्धार्थ
|
१ खर्ब ४३ अर्ब
|
१ खर्ब २२ अर्ब
|
१७.२
|
इन्भेष्टमेन्ट
|
१ खर्ब ४२ अर्ब
|
१ खर्ब ३७ अर्ब
|
३.६
|
एनएमबि
|
१ खर्ब ४२ अर्ब
|
१ खर्ब १८ अर्ब
|
२०.३
|
कृषि विकास
|
१ खर्ब ३२ अर्ब
|
१ खर्ब १६ अर्ब
|
१३.७
|
प्रभु
|
१ खर्ब २९ अर्ब
|
९८ अर्ब
|
३१.६
|
मेगा
|
१ खर्ब २७ अर्ब
|
७७ अर्ब
|
६४.९
|
प्राइम
|
१ खर्ब २४ अर्ब
|
८४ अर्ब
|
४७.६
|
एभरेष्ट
|
१ खर्ब २० अर्ब
|
१ खर्ब २० अर्ब
|
०
|
नेपाल
|
१ खर्ब २० अर्ब
|
१ खर्ब २ अर्ब
|
१७.६
|
कुमारी
|
१ खर्ब १९ अर्ब
|
८४ अर्ब
|
४१.६
|
हिमालयन
|
१ खर्ब १४ अर्ब
|
१ खर्ब २ अर्ब
|
११.७
|
माछापुच्छ्रे
|
१ खर्ब ७ अर्ब
|
९० अर्ब
|
१८.८
|
सानिमा
|
१ खर्ब ४ अर्ब
|
९१ अर्ब
|
१४.२
|
लक्ष्मी
|
९५ अर्ब
|
८६ अर्ब
|
१०.४
|
एसबिआई
|
९३ अर्ब
|
९८ अर्ब
|
–५.१
|
सिटिजन्स
|
९० अर्ब
|
७० अर्ब
|
२८.५
|
बिओके
|
८९ अर्ब
|
८० अर्ब
|
११.२
|
सनराइज
|
८८ अर्ब
|
७७ अर्ब
|
१४.२
|
एनसिसी
|
८१ अर्ब
|
६७ अर्ब
|
२०.८
|
सेन्चुरी
|
७१ अर्ब
|
६१ अर्ब
|
१६.३
|
सिभिल
|
६७ अर्ब
|
४९ अर्ब
|
३६.७
|
नेपाल बंगलादेश
|
६३ अर्ब
|
६१ अर्ब
|
३.२
|
स्टान्डर्ड
|
५५ अर्ब
|
५६ अर्ब
|
–१.७
|
कुल
|
३२ खर्ब २२ अर्ब
|
२७ खर्ब २१ अर्ब
|
१८.४
|