मंगलबार सेयर बजारको परिसूचक नेप्से २.६८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २६६४ अंकमा कायम भएको छ।
यस दिन ५ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि हिजो ६ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन बैंकिङ १, निर्जीवन बीमा २४ र लगानी समूह १ अंकले घटे। ब्यापार ३४, होटल तथा पर्यटन १, विकास बैंक ४८, जलविद्युत ३१, फाइनान्स ४, उत्पादन ५, अन्य ४, माइक्रोफाइनान्स ६ र जीवन बीमा समूह ५३ अंकले बढे।
यस दिन ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति लाइफ र हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
आजको कारोबारपछि महिलाको मूल्य प्रतिकित्ता १६०६, युनाइटेडको २०९, ज्योतिको ७५१, हिमालयको ३६८ रुपैयाँ पुगेको छ।
त्यस्तै लिवर्टी इनर्जीको मूल्य ८, हिमालयन पावर र जनउत्थान सामुदायिक लघुवित्तको मूल्य साढे ७ प्रतिशतको हाराहारीमा बढेको छ। त्यस्तै हिजो सबैभन्दा धेरै मूल्य घटेको चन्द्रागिरिको यस दिन प्रतिकित्ता १७ रुपैयाँले बढेर २१९७ रुपैयाँ पुगेको छ।
समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै २.४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रह्यो। सो कम्पनीको २१ करोड रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै निफ्राको १९ करोड बढीको, नविलको १५ करोड बढीको कारोबार भयो। धेरै कारोबार भएका यी तीनै कम्पनीको मूल्य घटेको छ।