कोरोनाको असरका वावजुत वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा २८ प्रतिशतले आफ्नो बिजनेस बढाएका छन्।
बैंकहरुको मुल बिजनेस भनेकै कर्जा प्रवाह हो। २०७७ असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुले २९ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने २०७८ असार मसान्तसम्म आउँदा ३७ खर्ब २० अर्ब पुगेको छ। अर्थात एक वर्षमा ८ खर्ब १५ अर्ब थप कर्जा विस्तार भएको छ।
विकास बैंक र फाइनान्स कम्पनीहरुसँग मर्ज र एक्वीजिसन गरेका कारण पनि वाणिज्य बैंकहरुको यो पटक बिजनेस विस्तार राम्रो देखिएको हो। मर्ज र एक्वीजिसनकै कारण केही बैंकहरुको बिजनेस रफ्तार उच्च देखिन्छ।
एक वर्षको अवधिमा बैंकहरुको बिजनेस ७ प्रतिशतदेखि ५६ प्रतिशतसम्म बढेको छ। एसबिआई बैंकको विजनेस विस्तार तुलनात्मक रुपमा कमजोर अर्थात ७ प्रतिशत मात्रै छ भने सिभिल बैंकको बिजनेस ५६ प्रतिशतले बढेको छ।
बिजनेसका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा ठूलो देखिएको छ। बैंकले असार मसान्तसम्म २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकहरुको कर्जा वृद्धिदर निक्षेपको वृद्धिदर भन्दा धेरै हो। सोही एक वर्षको अवधिमा बैंकहरुको निक्षेप भने २० प्रतिशतले बढेको छ।
०७७ असार मसान्तसम्म ३४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकले ०७८ असार मसान्तसम्म ४२ खर्ब १ अर्ब संकलन गरेका छन्। निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च भएकै कारण केही बैंकको सिसिडी रेसियो ८० प्रतिशत नाघेको छ।
असार मसान्तसम्म सिभिल, कुमारी, माछापुच्छ्रे, मेगा, एनआइसी एसिया, सानिमा, सिद्धार्थ र सनराइज बैंकको सिसिडी रेसियो ८० प्रतिशतभन्दा माथि छ। यस्तो सिसिडी रेसियोमा राष्ट्र बैंकले ८५ प्रतिशतको सीमा तोकेको छ।
यसको अर्थ बैंकहरुको मुल पुँजी र संकलन भएको निक्षेपमा ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउनु हो। निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुँदा सिसिडी रेसियो बढ्ने गर्छ।
हेर्नुस् कुन बैंकले कति बढाए बिजनेस?
बैंक
|
कर्जा असार ०७७ (रूपैयाँमा)
|
कर्जा असार ०७८ (रूपैयाँमा)
|
अन्तर दर (प्रतिशतमा)
|
कृषि विकास
|
१ खर्ब २३ अर्ब
|
१ खर्ब ५१ अर्ब
|
२२
|
बैंक अफ काठमाण्डु
|
८२ अर्ब
|
९८ अर्ब
|
१९
|
सेन्चुरी कमर्सियल
|
६१ अर्ब
|
८१ अर्ब
|
३२
|
सिटिजन्स
|
८१ अर्ब
|
१ खर्ब २३ अर्ब
|
५१
|
सिभिल
|
५३ अर्ब
|
८३ अर्ब
|
५६
|
एभरेष्ट
|
१ खर्ब १८ अर्ब
|
१ खर्ब ३४ अर्ब
|
१३
|
ग्लोबल आइएमई
|
१ खर्ब ९९ अर्ब
|
२ खर्ब ४२ अर्ब
|
२१
|
हिमालयन
|
१ खर्ब ७ अर्ब
|
१ खर्ब ३२ अर्ब
|
२३
|
कुमारी
|
१ खर्ब १५ अर्ब
|
१ खर्ब ४३ अर्ब
|
२४
|
लक्ष्मी
|
९० अर्ब
|
१ खर्ब ८ अर्ब
|
२०
|
माछापुच्छ्रे
|
९४ अर्ब
|
१ खर्ब १६ अर्बं
|
२३
|
मेगा
|
१ खर्ब १३ अर्ब
|
१ खर्ब ४१ अर्ब
|
२४
|
नबिल
|
१ खर्ब ५३ अर्ब
|
२ खर्ब ५ अर्ब
|
३३
|
नेपाल बंगलादेश
|
६१ अर्ब
|
७१ अर्ब
|
१६
|
नेपाल
|
१ खर्ब ७ अर्ब
|
१ खर्ब ४४ अर्ब
|
३४
|
एनसिसी
|
६९ अर्ब
|
९९ अर्ब
|
४३
|
इन्भेष्टमेन्ट
|
१ खर्ब ४४ अर्ब
|
१ खर्ब ६७ अर्ब
|
१६
|
एनआइसी एसिया
|
१ खर्ब ७३ अर्ब
|
२ खर्ब ६४ अर्ब
|
५२
|
एनएमबि
|
१ खर्ब २१ अर्ब
|
१ खर्ब ५८ अर्ब
|
३०
|
एसबिआई
|
९४ अर्ब
|
१ खर्ब १ अर्ब
|
७
|
प्रभु
|
१ खर्ब ३ अर्ब
|
१ खर्ब ४२ अर्ब
|
३७
|
प्राइम
|
१ खर्ब १४ अर्ब
|
१ खर्ब ४२ अर्ब
|
२४
|
राष्ट्रिय वाणिज्य
|
१ खर्ब ५६ अर्ब
|
१ खर्ब ९९ अर्ब
|
२७
|
सानिमा
|
९३ अर्ब
|
१ खर्ब २२ अर्ब
|
३१
|
सिद्धार्थ
|
१ खर्ब २७ अर्ब
|
१ खर्ब ६५ अर्ब
|
३०
|
स्टान्डर्ड
|
५७ अर्ब
|
७२ अर्ब
|
२६
|
सनराइज
|
८३ अर्ब
|
१ खर्ब ३ अर्ब
|
२४
|
कुल
|
२९ खर्ब ५ अर्ब
|
३७ खर्ब २० अर्ब
|
२८
|
स्राेत: नेपाल बैंकर्स एसाेसिएसन