सिटिजन लाइफ इन्स्योरेन्सले शुक्रबार नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ।
साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरेको छ।
त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ। वर्तमान लेखापरीक्षक एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ।
इन्स्योरेन्सले समयमै साधारण सभा सम्पन्न गरी लाभांश वितरणसमेत गरेर सेयरधनीप्रतिको पारदर्शीता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको बताएको छ।