मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ।
कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले उद्घोष गरेको कार्यक्रममा कम्पनीका अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थिति जनाएका थिए।
ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्ष देखि नै सबै ग्राहकवर्गहरुलाई सहज डिजिटल सेवाहरु प्रदान गरिरहेको छ।
कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बीमा कम्पनी हो।