साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यसदिन नेप्से ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा बन्द भएको छ।
आइतबारको बजारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार २ अर्ब ५६ करोड ९४ लाख २७ हजार १२६ रूपैयाँको सेयर कारोबार भएको थियो।
बिहीबारको तुलनामा आज कारोबार रकममा ४८ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०९ वटा धितोपत्रको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८४० रूपैयाँ कायम भएको छ।
यस्तै, एनआइसी एशिया ग्रोथ फण्डको इकाइ मूल्य ८.४५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रूपैयाँ २१ पैसा पुगेको छ।
चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.४९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ६१९ रूपैयाँ ८० पैसामा झरेको छ।
यस्तै, ९% कामना सेवा विकास बैंक डिवेञ्चर २०८७ को मूल्य ७.१४ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ९१० रूपैयाँ कायम भएको छ।
आइतबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४५२ रूपैयाँमा १३ करोड २० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.७३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७२ रूपैयाँमा ९ करोड ३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशतले घटेको छ।