ग्लोबल आइएमई बैंकले थप दुई स्थानबाट शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ। बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत् ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।