सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आज (बिहीबार) देखि सुरू भएको छ।
दुवै कम्पनी एक आपसमा मर्जर भएर सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरू भएको हो।
गत असोज ३० गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएका थिए।
मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा हुनेछ।
यस्तै, आजदेखि १५ दिनसम्म कम्पनीको सेयर कारोबार राक्का भएको छ।
'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९' मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का भएको हो।