सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरूका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
छुटका लागि ग्राहकहरूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ।
यो योजना फागुन २५ गतेदेखि लागू हुने बैंकले बताएको छ।
छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ।
साथै, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि वैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ।
उक्त कार्डका लागि ग्राहकहरूले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ एपमार्फत् आफूले इच्छाएको फोटो अपलोड गरी आवेदन दिन सक्नेछन्।
बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा रहेका छन्।