बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेको छ।
यसदिन नेप्से ०.११ प्रतिशतले घटेर २१०८.७२ विन्दुमा बन्द भएको छ।
बुधबारको बजारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३१० वटा धितोपत्रको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५१ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ९.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५८९ रूपैयाँ ९० पैसा कायम भएको छ।
अपर तामाकोशी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य १८३ रूपैयाँ ६० मा झरेको छ।
यस्तै, दोर्दी खोला जलविद्युतको सेयरमूल्य ४.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२४ रूपैयाँ २० पैसा कायम भएको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५४८ रूपैयाँ १० पैसामा २५ करोड ५३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.०६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१७ रूपैयाँ २० पैसामा २० करोड ६९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले घटेको छ।