बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ २९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८९ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १५ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ७१ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ३० पैसा र बिक्रीदर १७० रूपैयाँ ०७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०२ र बिक्रीमा ३६ रूपैयाँ १८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ २२ पैसा र बिक्रीमा २८ रूपैयाँ ३५ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ५८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८७ पैसा तोकिएको छ।