मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत विभिन्न स्थानहरूमा बैंकिङ साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ।
बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रमहरूमा स्कुल र कलेजका विद्यार्थीहरू तथा शिक्षक, शिक्षकाहरूको सहभागिता रहेको थियो।
त्यसैगरी बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड नजिकको परिसरमा र सुर्खेतको विरेन्द्रनगर–११ स्थित देउती बज्यै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
उक्त कार्यत्रमहरुमा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो।
यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।