नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ४३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रूपैयाँ १४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीमा २८ रूपैयाँ १३ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ०१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २६ पैसा तोकिएको छ।