नेपाल इन्स्योरेन्स कम्पनीले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
जस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद निष्कासन गर्नेछ।
हकप्रद निष्कासन प्रयोजनको लागि इन्स्योरेन्सले जेठ ३० गते बुक क्लोज गरेको थियो।
यस अनुसार जेठ २९ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रदका लागि आवेदन दिन सक्नेछन्।
उक्त हकप्रदमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई 'इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन सिंगल ए माइनस' इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
सेयरधनीहरूले बिक्री प्रबन्धकका केन्द्रिय कार्यालय र शाखा कार्यालयहरूका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।