एसवाइ प्यानल नेपालले धितोपत्र बोर्डबाट आइपिओ जारी गर्न स्वीकृति पाएको छ।
कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा ५२ लाख ३२ हजार कित्ता सेयर जारी गर्ने भएको हो। एक अर्ब ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले ४० प्रतिशत सेयर जारी गर्ने भएको हो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ६३ करोड रूपैयाँ सञ्चालन आम्दानी कमाएको छ। कम्पनीले युपिभिसी झ्याल, ढोका लगायतका सामाग्री उत्पादन गर्दै आएको छ।
रत्ननगर चितवनमा कारखाना रहेको कम्पनीको मुलुकभर ६२ वटाभन्दा धेरै डिलर छ। दक्षिण कोरियामा रहेको एसवाइ को यस कम्पनीमा ६३ प्रतिशत संस्थापक सेयर लगानी रहेको छ।
कम्पनीले सेयर जारी गरेसँगै यो स्वामित्व घट्ने भएको छ।