साहस उर्जा लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गतेको बैठकले २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको हो।
लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
साथै, कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णयमा संशोधन गर्दै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा हकप्रद जारी गर्ने निर्णय गरेको छ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ।
यसका आधारमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गरिने कम्पनीले जनाएको छ।