एसवाई प्यानलको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार सेयर बाँडफाँट गरेको हो।
कम्पनीले कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको थियो। आइपिओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाले आवेदन दिएका थिए।
जसमा ४ लाख ७ हजार ६१५ जनाले मात्र सेयर पाएका छन्। सेयर पाएका मध्ये ६ जनाले ११ कित्ता पाएका छन् भने बाँकी ४ लाख ७ हजार ६०९ जनाले १० कित्ताको दरले पाएका छन्।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।