लगातार ६ दिनदेखि घटेको सेयर बजार परिसूचक नेप्से २६ सयको विन्दुमा अडिने प्रयास गरिरहेको छ।
२६ सय विन्दु नेप्सेको लागि अहिले टेवा विन्दु बन्न लागेको देखिएको छ।
सोमबार नेप्से परिसूचक भने ३.०२ अंकले घटेर २६०६ विन्दुमा आइपुगेको हो।
कारोबार खुलेको केही समयपछि नै २६०१ विन्दुसम्म पुगेर फर्किएको नेप्से बजार बन्द हुनुभन्दा केही समय अघि २६०२ विन्दु हाराहारीसम्म पुगेको थियो।
बजार प्रवृत्ति स्पष्ट नहुँदा कारोबार रकम ओरालो लागेको छ।
यस दिन ४ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको छ। आइतबार बजारमा ५ अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको थियो।
बजार घट्दा पनि चार कम्पनीमा सर्किट ब्रेक लागेको छ।
अपर स्याङ्गे हाइड्रो, स्वस्तिक लघुवित्त, श्री नगर एग्रिटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो।
सोमबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये जलविद्युत, जवीन बीमा, उत्पादनमुलक, निर्जीवन र व्यापारमुलक समूहमा वृद्धि भएको छ। यी समूहमा पनि एक प्रतिशतभन्दा कमको सुधार छ।
कारोबारमा आएका ३३१ लगानी उपकरणमध्ये एक सय ३४ वटाको मूल्य बढेको छ भने एक सय ७५ वटाको सेयर मूल्य घटेको छ। बाँकीको स्थिर छ।
सर्पोट माइक्रो वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेको छ। कम्पनीको सेयर प्रतिकित्ता २०४० रूपैयाँमा कारोबार भइरहेको छ।
ङादी ग्रुप पावरको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको ५५ करोड ८६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो। कम्पनीको प्रतिकित्ता चार सय १६ रूपैयाँमा कारोबार भइरहेको छ।