कुथेली बुखरी स्मल हाइड्रोले लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको लाभांश साधारण सभाबाट पारित हुन बाँकी छ। यसअघि कम्पनीले १०.५२ प्रतिशत बोनस सेयर दिएको थियो।
अहिले कम्पनीको सेयर एक हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
चालु आथिर्क वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनी २५ लाख रूपैयाँ नाफामा छ।