आइएमई लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको लाभांश बीमा प्राधिकरण र साधारण सभाबाट पारित हुन बाँकी छ।
यसअघि कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिएको थियो।
कम्पनीको चुक्ता पुँजी नियामक निकाय बीमा प्राधिकरणले तोकेको ५० करोड रूपैयाँ पुगिसकेकोले केही वर्षदेखि कम्पनीले नगद लाभांशमा जोड दिएको देखिन्छ।
अहिले कम्पनीको सेयर चार सय ४२ रूपैयाँमा कारोबार भइरहेको छ।
चालु आथिर्क वर्ष २०८२८३ को पहिलो त्रैमासमा कम्पनी १५ करोड रूपैयाँ नाफामा छ।