बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।
नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा बन्द भएको हो।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन ६ अर्ब ९९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ६ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ।
यसदिन ३२० वटा धितोपत्रको एक करोड २५ लाख चार हजार ९७० कित्ता सेयर किनबेच भएको हो।
बुधबार १२५ कम्पनीको सेयरमूल्य बढेको छ भने १२४ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
यसदिन सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५९४ रूपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य ८.२३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९०० रूपैयाँ पुगेको छ।
यसैगरी, आइसिएफसी फाइनान्सको डिबेन्चरमूल्य सर्वाधिक ३.३० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १४१ रूपैयाँ १० पैसामा झरेको छ।
बुधबार राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ८०२ रूपैयाँमा २६ करोड २४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.०८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा युनियन हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ४७५ रूपैयााँमा २३ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशतले बढेको छ।